Comments Add Comment

मोटरसाइकल दुर्घटनामा १ को मृत्यु २ घाइते

१७ असार, पोखरा । मोटरसाइकल दुर्घटनामा पोखरामा एकजनाको ज्यान गएको छ ।

बिहीबार राति करीब साढे ११ बजे पोखराको महेन्द्रपुलस्थित फिस्टेल कलरल्याबको सटरमा ग ७ प ५९३७ नम्बरको मोटरसाईकल ठोक्किदा मोटरसाइकलको पछाडि सवार स्याङ्गजा थुमाकोडाँडाका बाचस्पती खनालको मृत्यू भएको हो ।

Byke-Accident
फाइल फोटो

मोटरसाईकलमा तीनजना चढेर चिप्लेढुङ्गाबाट महेन्द्रपुल जाने   क्रममा सटरमा ठोक्किएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ । महेन्द्रपुल चोकबाट मोटरसाइकल मोड्नुपर्ने भएपनि नमोडि सिधै अगाडि बढ्दा मोटरसाइकल सटरमा ठोक्किएको ट्राफिक प्रहरीको भनाइ छ ।

मोटरसाईकल सटरमा ठोक्किएर दुर्घटना हुँदा त्यसमा सवार चालकसहित तीनै जना घाईते भई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो । अस्पताल लगिएका मध्ये खनालको अवस्था गम्भीर भएकाले मनिपाल शिक्षण अस्पताल तत्कालै लगेपनि चिकित्सकले राती १ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक स्याङजानै घर भएका ज्ञानबहादुर राना र मोटरसाइकलको पछाडि सवार स्याङजा बिचारीचौतारा घर भई पोखराको बिन्ध्यबासिनी बस्दै आएका सुरज पौडेल उपचारपछि डिस्चार्ज भएका छन् । उनीहरुलाई सामान्य मात्र चोट लागेको बताइएको छ ।

यसैबीच, प्रहरीले मोटरसाईकल चालक ज्ञानबहादुर रानालाई नियन्त्रणमा लिएको छ । क्षमता भन्दा बढी मान्छे राखेर सवारी चलाएकाले घट्नाको अनुसन्धानका लागि नियन्त्रणमा लिइएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक गजुसिद्धी बज्रचार्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment