Comments Add Comment

अविरल बर्षाले पश्चिम चितवनमा बाढीको खतरा

Madi-Chitwan

१७ असार, चितवन । पश्चिम चितवनको ग्रामिण भेग माडी नगरपालिकामा गएरातीदेखि परेको भीषण वर्षाका जनजिवन प्रभावित बनेको छ । बाढीको खतरा बढेपछि त्यस क्षेत्रमा स्थानीय प्रशासनले सचेत रहन आग्रह गरेको छ ।

हरेक बर्ष वर्षाको समयमा त्रसित बन्दै आएका माडी यस बर्ष पनि पीडित बनेका हुन् । जसका कारण माडी-भरतपुर यातायत अवरुद्ध भएको माडीका सञ्चारकर्मी सूर्य पाठकले जानकारी दिए ।

माडी नगरपालिकाको चिताई खोला पुल नजिकैको केही मिटर सडक नै बाढीले भत्काएकोले सो क्षेत्रमा यातायत अवरुद्ध भएको स्थानीय सन्तोष पनेरुले बताए ।

माडीको रिउ खोलासँगै अन्य खहरे खोलाहरु मगुई, घाँगर, परुई, चिताई, बाँदरमुढे लगायायतमा पानीको सतह बढेको र रिउमा खतराको संकेतभन्दा माथी गएकाले उच्च सर्तकता अपनाउन जिल्ला विपद व्यवस्थापन समिति चितवनले अनुरोध गरेको छ । राती १ बजेदेखि परेको वर्षाले चितवनको जनजीवन अस्तब्यस्त बनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment