Comments Add Comment

अवार्डबाट टाढा रहने ‘पशुपति प्रसाद’का खगेन्द्र

khagendra-lamichane
चलचित्र ‘टलक जंग भर्सेस टुल्के’ र पशुपति प्रसाद’सम्म आइपुग्दा कलाकार खगेन्द्र लामिछानेको चर्चा चुलिएको छ । चलचित्र अभिनयदेखि लेखनसम्म उनी चर्चामा छन् ।

यी दुबै चलचित्रबाट खगेन्द्रले चर्चा मात्र पाएनन् अवार्ड पनि जिते । तर, उनी आफै भने अवार्डमा सहभागी हुँदैनन् ।

खगेन्द्र नेपालमा आयोजना हुने कुनै पनि अवार्डमा सहभागी हुँदैनन् । बिहिबार आयोजना भएको ‘राष्ट्रिय चलचित्र पुरस्कार’मा उत्कृष्ट अभिनेतातर्फ खगेन्द्रको नाम पनि चर्चामा थियो ।

नेपालमा आयोजना हुन लागेका अन्य अवार्डमा पनि खगेन्द्र नआउने भएपछि अरुले अवार्ड पाउने अवसर बढेको चर्चा छ । केहि आयोजकले खगेन्द्रलाई अवार्ड कार्यक्रममा आउनुहुन्छ या हुँदैन भनेर फोन समेत गरेका छन् ।

खगेन्द्र भने अवार्डमा सहभागी नै नहुने बताउँछन् । एकपटक अवार्ड पाएर अर्को पटक नपाउँदा खल्लो हुने भएकाले खगेन्द्र अवार्ड कार्यक्रमबाट टाढा बसेका हुन् । बिहिबार आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार’मा उत्कृष्ट लेखनमा पुरस्कार पाएर पनि उनी सहभागी भएनन् । उनकी धर्मपत्नीले पुरस्कार ग्रहण गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment