Comments Add Comment

भूवन केसीका पिता भन्छन्-‘अनमोल अल्लारे नै छ, छोरा जस्तो हिरो अरू देखिनँ’

bhuwan kc father
वि.सं २०४८ सालमा मदनमोहन केसीले चलचित्र ‘सपना’ निर्माण गरेका थिएँ । ४८ लाख लगानीमा बनेको यो चलचित्रले ४० लाख कमायो, तर त्यो बेलाको सर्वाधिक हिट चलचित्रमा दहरियो ।

बिहिबार राष्ट्रपति भवनमा छोरा भूवन केसीले पाएको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ थाप्न पुगेका केसी केहिबेर अनलाइनखबरसँग सुनिए । उनले छोरा भूवन र नाती अनमोलका बिषयमा रोचक कुरा गरे । ७७ बर्षका केसीले अनलाइखबरसँग छोरा भूवन, नाती अनमोल र आफ्नो बिषयमा यसरि कुरा गरे ।

योगामा व्यस्त

एउटा चलचित्र बनाइसकेपछि मैले अरु चलचित्र बनाइन । म यो क्षेत्रमा खासै घुलमिल पनि भइन् । यसपछि म योगतर्फ लागेँ । विशेषगरि, नेपालमा पतञ्जली सुरु भएपछि काठमाण्डौ जिल्ला अध्यक्ष भएर मैले केहि बर्ष काम गरेँ । पछि रुकमांगत कटुवाल सेनापति हुँदा नेपाली सेनाका विभिन्न शिविरमा गएर मैले योगा पनि सिकाएँ । अहिले भने घरमा आफै योगा गर्छु ।

हाल म सिनामंगस्थित घरमा एक्लै बस्छु । छोरा भूवन केसी र नाती अनमोल केसी समय-समयमा आइरहन्छन् । उनीहरु १ बर्ष अगाडि पूरानो बानेश्वर सिफ्ट भएका छन् ।

भूवन केसीको बारेमा
मैले भूवन मेरो छोरा हो भनेर मात्र भनेको होइन । उसमा हरेक किसिमको क्षमता छ । मलाई त उसको अनुहार नै मनपर्छ । अब नाती अनमोलले के गर्छ थाहा छैन, तर भूवन केसीलाई भेट्ने हिरो मैले आजसम्म भेटेकै छैन ।

आज नाती अनमोलले जुन किसिमको क्रेज र चर्चा पाएको छ, यो राम्रो हो । तर, यो भन्दा बढी क्रेज र चर्चा तत्कालिन समयमा भूवन कै थियो । साच्चै, भूवन नेपालको सुपरस्टार नै हो ।

भूवनलाई सुझाव
म यो क्षेत्रमा खासै घुलमिल हुन सकिनँ । यसपटक भूवनले चलचित्र निर्देशनमा हात हाल्यो, राम्रै भयो । अब, उसले नायकको भन्दा पनि अभिनेताको रुपमा चलचित्रमा अभिनय गर्न जरुरी छ । आफू मात्र जमेर हुँदैन, छोरालाई पनि पोलिस गर्न जरुरी छ । अमिताभ बच्चनले त ७४ बर्षको उमेरसम्म चलचित्र गरेका छन्, उसले पनि गर्न सक्छ ।

अनमोलको बारेमा
अनमोलले अहिले जुन खालको क्रेज बनाएको छ, त्यो उसको खुबीले बनाएको हो । अनुहार मात्र राम्रो भएर हुँदैन खुबी पनि चाहिन्छ, जुन नातीमा छ । अर्को कुरा बाबु भूवनका कारण पनि अनमोल यो स्थानमा पुगेको हो । उसलाई भगवानले अनुहार ‘गड गिफ्ट’को रुपमा दिएका छन् ।

उसको आगामी चलचित्र यो भन्दा स्तरिय होला भन्ने अपेक्षा पनि मेरो छ । उसलाई मैले अभिनय, डान्स, फाइट पनि सिक्न जरुरी छ भनेको छु । उसले अहिले त्यो काम गर्दै आएको पनि छ ।

मलाई त नातीले अभिनय गरेका ४ चलचित्रमध्ये ‘ड्रिम्स’ नै मनपर्‍यो । उसले यो चलचित्रमा राम्रो काम पनि गरेको छ । फेरि, यो चलचित्रमा जुन खालको दृश्य कैद गरिएको छ, अब त्यो पाइदैन । धेरै त भूकम्पले नै भत्कायो ।

यो चलचित्रको खिचाइमा कुनै खालको संझौता नै गरिएको छैन । यो चलचित्रमा अनमोलले धेरै मिहिनेत गरेको देख्छु । bhuwan kc father National Film Award 2072 (2)
नातीलाइ सुझाव
जतिसुकै उचाइमा पुगेपनि उ अहिले अल्लारे नै छ । अझै पनि केटाकेटी नै छ । अब उ खारीनु पर्छ । खारिएका व्यक्तिसँग सुझाव लिन सक्नुपर्छ । सबैसँग सिक्नुपर्छ अनी मात्र अगाडि जान सकिन्छ । अचेल म खासै चलचित्र हेर्दिनँ । नातीले नै जाउ भनेर चलचित्र ‘गाजलु’ हेर्न गएको थिएँ । चलचित्र हलमा गएर हेरेको छैन ।

भूवन-सुस्मिता डिभोर्स
मैले भूवन र सुस्मिताले डिभोर्स गर्दा केहि पनि भनिनँ । जब, दुई जना एकसाथ मिलेर नै बस्न सक्दैनन् भने अलग भएकै राम्रो हो नि । उनीहरुले जीवनमा अलग बस्छु भन्दा मैले के भन्ने होइन र ? डिभोर्स गर्नु राम्रो त होइन, तर एकसाथ बस्न सकिदैन भनेपछि मैले पनि कुनै करकाप गरिनँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment