Comments Add Comment

संघीयता निर्देशक समितिको बैठकः मन्त्रालयको संख्या घटाउनेबारे छलफल

प्रशासन पुनर्संरचना समितिलाई ठोस खाका पेश गर्न निर्देशन

7-pradesh-Final-map

१७ असार, काठमाडौं । संघीयता कार्यान्वयन तथा पुनर्संरचना उच्चस्तरीय निर्देशक समितिले प्रशासन पुनर्संरचना समितिलाई ठोस खाका पेश गर्न निर्देशन दिएको छ ।

सरकारले तीन महिना पहिले प्रधानमन्त्रीको अध्यक्षतामा ११ सदस्यीय संघीयता कार्यान्वयन तथा पुनर्संरचना उच्चस्तरीय निर्देशक समिति गठन गरेको थियो । यसैगरी मुख्यसचिवको अध्यक्षतामा संघीयता कार्यान्वयन तथा प्रशासन पुनर्संरचना समिति गठन भएको थियो ।

शुक्रबार पहिलो पटक सिंहदरवारमा निर्देशक समितिको बैठक बसेको थियो । बैठकमा मन्त्रालयहरुको संख्या घटाउने र दरबन्दी कटौती गर्ने विषयमा सामान्य छलफल भएको सामान्य प्रशासन मन्त्री रेखा शर्माले जानकारी दिइन् । आगामी बैठकमा मन्त्रालयको संख्या र कर्मचारीको दरबन्दी कति कायम गर्ने भन्ने विषयमा मस्यौदासहित छलफल हुने मन्त्री शर्माको भनाइ छ ।

नयाँ संविधानमा मन्त्रीहरुको संख्या २५ भन्दा बढी नहुने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment