Comments Add Comment

नोलिटो म्यानचेष्टर सिटीमा अनुवन्धित

Nolito

१७ असार, काठमाडौं । म्यानचेष्टर सिटीले स्पेन तथा सेल्टाभिगोका फर्वाड नोलिटालाई अनुवन्ध गरेको छ ।

२९ वर्षे नोलिटोले ४ वर्षे सम्झौता गरेका छन् । प्रशिक्षकमा पेप ग्वार्डिओला नियुक्त भएपछि सिटीले अनुवन्ध गरेको नोलिटो तेस्रो खेलाडी हुन् । बोरुसिया डर्टमुन्डबाट गोडिन्सन र अष्ट्रेलियन मिडफिल्डर आरुन मोरोइ सिटीमा गइसकेका छन् ।

नोलिटोले युरोकपमा चार खेले खेले । उनले भनेका छन्, ग्वार्डिओला विश्वकै उत्कृष्ट प्रशिक्षक मध्ये एक हुन् । उनले मलाई राम्रो गर्न मदत गर्ने छन् ।’

नोलिटोलाई स्पेनिस बार्सिलोनाले पनि भित्र्याउन चाहेको थियो । तर, ग्वार्डिओलाले पूर्व क्लब बार्सिलोनालाई पछि पार्दै उनलाई सिटीमा अनुवन्ध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment