Comments Add Comment

पर्खाल भत्किएर विद्यार्थीको मृत्यु भएपछि जग्गा व्यवसायीलाई कारबाही

शिक्षा मन्त्रीबाट घटनास्थलको निरीक्षण

Students of Pushpanjali School lalitpur (1)

१७ असार, काठमाडौं । ललितपुरको टौखेलस्थित पुष्पाञ्जली बोर्डिङ स्कुलका विद्यार्थी किचिने गरी जग्गा प्लटिङ गर्ने व्यवसायीलाई सरकारले कारबाही प्रक्रिया अघि बढाएको छ ।

जग्गा व्यवसायी कर्मा लामाले प्लटिङ गर्दा लगाएको ढुंगाको अग्लो पर्खाल शुक्रबार बिहान भत्किएर च्याप्दा विद्यालयमा पढिरहेका दुई विद्यार्थीहरुको मृत्यु भएको छ । घटनामा २० जना घाइते भएका छन् ।

[sam_list]

घटनास्थलको शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले अवलोकन गरी दोषिलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएका छन् । शुक्रबारै गृहमन्त्री शक्तिबहादुर बस्नेत पनि घटनास्थलको अवलोकनका लागि जाँदैछन् ।

Pushpanjali-School

जग्गा व्यवसायीलाई कारबाही गर्नुहुन्छ ? भन्ने अनलाइनखबरको प्रश्नमा ललितपुरका प्रमुख जिल्ला अधिकारी ऋषिराम शर्माले भने, ‘गर्नुपर्‍यो नि, यति धेरै हताहति भा’छ ।’

प्रजिअ शर्माले जग्गा व्यवसायी लामा फरार भएकाले खोजी भइरहेको जानकारी दिए । उनले भने, ‘ऊ सम्पर्कमा आएको छैन, फोन पनि स्विचअफ छ हामी खोजी गरिरहेका छौं ।’

घटनाको खबर पाएलगत्तै प्रजिअ शर्मा विद्यालयमा पुगेर प्रहरीहरुसँगै उद्धार कार्यमा खटिएका थिए ।

Police-in-Pushpanjali--School

घटनास्थलमा विद्यार्थीहरुका कापि किताब रगत र हिलोमा लतपतिएका थिए । झोला, जुत्ता, कलम, पानीका बोतलहरु यत्रतत्र छरिएका थिए । पर्खाल भत्किएर विद्यार्थीहरुलाई च्यापेपछि स्कुलमा रुवाबासी चलेको थियो ।

प्रहरी, स्थानीय, विद्यालयका शिक्षक तथा कर्मचारीहरुले उद्धार गरेर विद्यार्थीहरुलाई अस्पताल पठाएका थिए ।

Students of Pushpanjali School lalitpur (6)

पाटन, बी एण्ड बी र सुमेरु अस्पतालमा घाइतेहरुको उपचार भइरहेको छ । अस्पताल परिसरमा अभिभावकहरुको भिड लागेको थियो ।

उनीहरुले विद्यालयको कमजोर संरचना बनाएको भन्दै आक्रोश पोखेका थिए । विद्यालयको भित्ता कमजोर भएकाले पर्खाल ढलेर भत्किएको उनीहरुको भनाइ थियो ।

Pushapanjali School Lalitpur (1)

Students of Pushpanjali School lalitpur (2)

Students of Pushpanjali School lalitpur (3)

Students of Pushpanjali School lalitpur (5)

Students of Pushpanjali School lalitpur (4)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment