Comments Add Comment

संविधान सच्याउनुपर्छः कांग्रेस सभापति देउवा

Sher-Bahadur-Deuba

१७ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको संविधान उत्कृष्ट भए पनि कतिपय नमिलेका विषयहरु सच्याएर असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउनुपर्ने बताएका छन् ।

मधेसी मोर्चा लगायत संविधानप्रति असन्तुष्ट पक्षलाई सहमतिमा नल्याएसम्म संविधान कार्यान्वयन नहुने उनले बताए ।

सहिद दशरथ चन्दको ११४ औं जन्मजयन्तीको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा देउवाले भने, ‘अहिलेको संविधानले सबैलाई हक अधिकार दिएको छ तर कतिपय कुरा सच्याउनुपर्ने छ । संविधानलाई सच्याएर मधेसी मोर्चाका माग सम्बोधन गर्नुपर्छ ।’

कार्यक्रममा संक्षिप्त मन्तव्य राखेका पूर्वप्रधानमन्त्री देउवाले केन्द्र, प्रान्त र स्थानीयको निर्वाचन गराएपछि मात्रै पहिलो चरणमा संविधान कार्यान्वयन भएको मानिने बताए ।

उनले संविधान कार्यान्वयन भएमा र असन्तुष्ट पक्षका माग सम्बोधन भएमा मात्रै सहिदहरुको सपना पूरा हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment