Comments Add Comment

‘राष्ट्रिय चलचित्र पुरस्कार’ समारोहमा देखिएका ५ रोचक दृश्य

National Film Award 2072 (5)
बिहिबार बेलुका राष्ट्रपतिको सरकारी निवास शित्तल निवासमा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार’मा केहि रोचक दृश्य देखिए । चलचित्र विकास बोर्डले आयोजना गरेको पुरस्कार समारोहमा बोर्डका एक कर्मचारीको फोटो मोह रोचक लाग्दो थियो । जान्नुहोस् के-के देखियो बोर्डको पुरस्कार समारोहमाः

१. उत्कृष्ट अभिनेताको पुरस्कार पाएका अभिनेता दयाहाङ राई औपचारिक पोसाकमा देखिएनन् । पुरस्कार ग्रहण गर्ने अरु सबै विजेता औपचारिक पोशामा पुगेका थिए । दया भने सर्ट र पाइन्टमा पुगेका थिए ।

२. बोर्ड अध्यक्ष राजकुमार राइले सम्माननीय प्रधानमन्त्री भनेर सम्बोधन गर्दा केहिबेर चलचित्रकर्मीबीच कानेखुशी भयो । तर, उनले तत्कालै आफूलाई सच्चाए र सम्माननीय राष्ट्रपति भनेर सम्बोधन गरे ।

३. चलचित्र विकास बोर्डका सदस्य उत्तम केसीको फोटो मोहले धेरैको ध्यान तान्यो । ‘राष्ट्रिय चलचित्र पुरस्कार’ प्राप्त गर्नेहरुको सामूहिक फोटोसेसनमा होस् या जुरीहरुको सामुहिक फोटोसेसनमा होस्, उनी छेउमै उभिन्थे । जबकी, बोर्डका कर्मचारीहरुका लागि राष्ट्रपतिसँग फोटोसेसनको कार्यक्रम नै तय गरिएको थियो । तर, बोर्ड सदस्य प्रत्येक पटक विजेताहरुको छेउमा पुगेर उभिनु स्वभनीय देखिएन ।

National Film Award 2072 (7)

४. ‘लाइफ टाइभ एचिभमेन्ट अवार्ड’ प्राप्त गरेकी कलाकार बसुन्धरा भुषालको फोटो मोह पनि झल्कियो । राष्ट्रपति, संचारमन्त्री र बोर्ड अध्यक्षका लागि मात्र मञ्चमा कुर्सीको व्यवस्था थियो । तर, राष्ट्रपतिको हातबाट अवार्ड थापिसकेकी भुषाल राजकुमार बसेको कुर्सीको अगाडि गएर भूँइमा नै बसिन् । सायद, बसुन्धरा भूँइमा बसेपछि राजकुमारलाई पनि केहि असहज लागेको हुनसक्छ, उनले कुर्सी छाडिदिए । बसुन्धरा राजकुमार बसेको कुर्सीमा बसिन् र तस्बिर खिचाइन् ।

National Film Award 2072 (6)
५. कार्यक्रम संचालन गरेका संचारकर्मी नरेश भट्टराइले राष्ट्रपति, संचारमन्त्री र बोर्ड अध्यक्षलाई ‘अब म तपाइहरुलाई कामको जिम्मा दिन्छु’ भने । कार्यक्रम संचालकले राष्ट्रपति, संचारमन्त्री र बोर्ड अध्यक्षलाई कामको जिम्मा दिन्छु भन्नु भन्दा पनि आग्रह गर्छु भन्ने हो भनेर केहिबेर राष्ट्रपति भवनमा चर्चा पनि चल्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment