Comments Add Comment

पढ्दा पढ्दै कक्षा कोठामै यसरी पुरिए बालबालिका

Pushapanjali School Lalitpur (2)
१७ असार, काठमाडौं । ललितपुरको टौखेलमा प्लटिङ गरिएको जग्गाको पर्खाल भत्किएर पुष्पाञ्जली बोर्डिङ स्कुलका विद्यार्थीहरुलाई पुर्दा दुई जनाको मृत्यु भएको छ ।

प्लटिङ गरिएको जग्गासँगै जोडिएको विद्यालयको भित्तामा ढुंगे पर्खाल बजि्रएको थियो । त्यसपछि विद्यालयको भित्ता पनि भत्किँदा कक्षा आठ र तीनका विद्यार्थीहरु पुरिएका थिए ।

Pushpanjali-School

घटनामा कक्षा तीनमा अध्ययनरत ललितपुर टौखेलकी नौ वर्षीया कृपा राई र आमा घरको संरक्षणमा रहँदै आएकी अनाथ बालिका अन्जना पुनमगरको मृत्यु भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ऋषिराम शर्माले जानकारी दिए ।

Students of Pushpanjali School lalitpur (6)

पर्खालले च्यापिएर २० जना विद्यार्थीहरु घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । घाइतेहरुको पाटन अस्पताल र बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ ।

घटनापछि जग्गा व्यवसायी कर्मा लामा फरार भएकाले खोजी भइरहेको प्रजिअ शर्माले बताए । उनलाई कारबाहीको दायरामा ल्याइने शर्माको भनाइ छ ।

Students of Pushpanjali School lalitpur (4)

घटनाको खबर पाएलगत्तै प्रजिअ शर्मा प्रहरी टोलीसहित विद्यालयमा पुगेका थिए । प्रहरी, स्थानीयबासी, शिक्षक र कर्मचारीहरुले घटनास्थलमा उद्धार गरेका थिए ।

दिउँसो घटनास्थलमा पुगेका शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले दोषिलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएका थिए ।

घटनास्थलमा विद्यार्थीहरुका कापि किताब रगत र हिलोमा लतपतिएका थिए । झोला, जुत्ता, कलम, पानीका बोतलहरु यत्रतत्र छरिएका थिए ।

Copy-in-Pushpanjali-School

पर्खाल भत्किएर विद्यार्थीहरुलाई च्यापेपछि स्कुल र अस्पतालमा भेला भएका अभिभावक र स्थानीयबासीले विद्यालयको कमजोर संरचना बनाएको भन्दै आक्रोश पोखेका थिए ।

Students of Pushpanjali School lalitpur (1)

Pushpanjali School 10

Students of Pushpanjali School lalitpur (2)

Police-in-Pushpanjali--School

Police-in-Pushpanjali-School

Pushapanjali School Lalitpur (6)

Pushapanjali School Lalitpur (7)

Pushapanjali School Lalitpur (9)

Pushapanjali School Lalitpur (5)

Pushapanjali School Lalitpur (4)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment