Comments Add Comment

भावना घिमिरेले दिइन् क्यानको सीईओबाट राजीनामा

भावना घिमिरे
भावना घिमिरे

१७ असार, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) भावना घिमिरेले राजीनामा दिएकी छन् ।

शुक्रबार उनले ट्वीटरबाट पद त्यागको घोषणा गरेकी हुन् । क्रिकेट संघको सम्पूर्ण जिम्मेवारीबाट बाहिर बस्ने निर्णय गरेको उनले बताइन् ।

नेपाली क्रिकेट लामो समय बन्दी बन्नु दुर्भाग्यपूर्ण भन्दै उनले सबै सरोकारबालाहरुलाई एकजुट भएर निकास निकाल्न आग्रह गरेकी छिन् ।

नेपाल क्रिकेट संघ हाल आईसीसीको निलम्बनमा परेको छ । र, आईसीसीले यसअघि नै घिमिरेलाई नेपालमा संयोजनको भूमिका दिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment