Comments Add Comment

पूर्वाञ्चल युनिभर्सिटी एजुकेसन फेयर सुरु

Education-fair

काठमाण्डौको वर्ल्ड ट्रेड सेन्टरमा ‘पूर्वाञ्चल युनिभर्सिटी एजुकेसन फेयर २०१६’ सुरु भएको छ । असार १९ गतेसम्म संचालन हुने फेयरको उद्घाटन शिक्षा मन्त्री गिरिराजमणी पोखरेलले गरे ।

पूर्वाञ्चल विश्वविद्यालयद्वारा आयोजित फेयरमा पूर्वाञ्चल विश्वविद्यालयका आङ्गकि र सम्वन्धन लिएका ४३ कलेजहरुको सहभागिता छ ।

एजुकेसन फेयरको उद्घाटन गर्दै शिक्षा मन्त्री गिरिराजमणी पोखरेलले नेपालमा ठुलाठुला राजनीतिक परिवर्तन भए पनि शिक्षा क्षेत्रमा खासै परिवर्तन नभएको बताए । शिक्षा क्षेत्रमा आमुल परिवर्तनका लागि क्रियाशील रहेको बताउँदै उनले यस्ता एजुकेसन फेयरहरुले शिक्षाको गुणस्तर विकासमा सहयोग पुर्‍याउने विश्वास ब्यक्त गरे ।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर घनश्याम लाल दाशले अव छिटै पूर्वाञ्चल विश्वविद्यालयले कोल्टे फेर्न लागेको जानकारी दिए । विश्वविद्यालयले आफ्ना कमीकमजोरीहरु सुधार गर्दै गएको बताउँदै दाशले यसै वर्षबाट विश्वविद्यालयले पिएचडी कार्यक्रम संचालन गर्न लागेको बताए ।

एजुकेसन फेयरमा पूर्वाञ्चल विश्वविद्यालय मार्फत संचालित ईन्जिनियरिङ, जेनरल साईन्स, हेल्थ साईन्स, मेनेजमेन्ट, होटल मेनेजमेन्ट, फेसन डिजाईन, वायोमेडिकल ईन्जिनियरिङ, एगि्रकल्चर भेटनरी, कम्प्यूटर, मास कम्यूनिकसेन, ल र लिभरल आर्टस लगायतका विषयहरु अध्ययन अध्यापन गराईरहेका कलेजहरुको सहभागीता छ । फेयरमा फेसन सो र फुड स्टल लगायतका विषयहरु पनि समावेश गरिएको छ । त्यसैगरी हरेक दिन १० बजेबाट २ बजेसम्म रक्तदान कार्यक्रमको पनि आयोजना गरिएको आयोजकले जानकारी दिएका छन् ।

‘पूर्वाञ्चल एजुकेसन फेयर २०१६’ मा विद्यार्थीहरुले एकै थलोमा विभिन्न फ्याकल्टी र कलेजहरुसँग सम्वन्धित जानकारी प्राप्त गर्न सक्नेछन् । पूर्वाञ्चल विश्वविद्यालय कलेज एसोसिएसन नेपालका अध्यक्ष शम्भु दाहालले फेयरमा शैक्षिक परामर्शर्, प्रेजेन्टेसन र सेमिनारहरु संचालन हुने जानकारी दिए ।

दाहालका अनुसार फेयरमा ईन्जिनियरिङ संकाय अन्तर्गत सिभल, इलेक्ट्रोनिक, ईलेक्टि्रकल लगायत सम्पूर्ण विषयहरु, हेल्थ साईन्स अन्तर्गत नर्सिङ, पब्लिक हेल्थ र फार्मेसी लगायत सम्पूर्ण विषयहरु तथा मेनेजमेन्ट अन्तर्गत मेन्जेमेन्ट र होटेल मेनेजमेन्ट लगायत सम्पूर्ण विषयहरुको १६ वटा सेमिनारहरु संचालन हुने छन् ।

फेयर अवलोकन गर्ने विद्यार्थीहरुलाई विभिन्न शिर्षकका स्करलसिप, एजुकेसन लोन र विभिन्न सेवा-सुविधाहरुको पनि ब्यवस्था गरिएको ‘पूर्वाञ्चल युनिभर्सिटी एजुकेसन फेयर २०१६’ का संयोजक गोपिकृष्ण न्यौपानेको भनाइ छ । पछिल्लो समय विदेशमा गएर पढ्ने विद्यार्थीहरुले निकै समस्याहरु झेलिरहेको तथ्यहरु सार्वजनिक भइरहेका छन् । विद्यार्थीहरु लहडको आधारमा विदेश जाने, बिदेशी विश्वविद्यालय तथा कलेजहरुको विषयमा आवश्यक जानकारी नराख्दा गुणस्तरहिन अध्ययन गर्न बाध्य हुने जस्ता समस्याहरु देखिएका छन् ।

जसले गर्दा विदशेबाट पढेर आएका विद्यार्थीहरुले विभिन्न काउन्सीलबाट लिइने लाईसेन्स परीक्षा समेत पास गर्न समस्या भइरहेको छ । अन्तराष्ट्रिय मापदण्ड र गुणस्तर अनुरुपका कलेजहरु नेपालमा छन् र ती कलेजहरुले क्षमतावान जनशक्ती उत्पादन गरिरहेका छन् भन्ने तथ्यलाई यस फेयरले प्रकाश पार्ने गोपिकृष्ण न्यौपानेको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment