Comments Add Comment

दाता सम्मेलनमा घोषणा भएको ५० प्रतिशत रकम पनि आएन

earthqueak_victim_barpak१८ असार, काठमाडौं । भूकम्पपछिको पुनर्निर्माणका लागि विभिन्न मुलुक तथा दातृ निकायले करिब २ खर्ब रुपैयाँ सहयोगको प्रतिबद्धता जनाएका छन् । तर, नेपाल सरकारले भने त्यसको ५० प्रतिशत पनि पाउन सकेको छैन ।

पुनर्निर्माणका लागि १० असार ०७२ मा भएको अन्तराष्ट्रिय सम्मेलनमा मित्रराष्ट्र तथा दातृ निकायले झन्डै ४ खर्ब ४० अर्ब रुपैयाँ बराबरको सहायता घोषणा गरेको भएपनि हालसम्म घोषणाको ५० प्रतिशतभन्दा कम रकमको मात्रै प्रतिबद्धता प्राप्त भएको अाजको राजधानी दैनिकमा समाचार छ ।

अर्थ मन्त्रालयका सहसचिव एवं वैदेशियक सहयोग समन्वय महाशाखाका प्रमुख बैकुण्ठ अर्यालले सहयोगका लागि गत वर्ष गरिएको घोषणअनुरुप प्रतिबद्धता आउने क्रम जारी रहेको र हालसम्म २ खर्ब रुपैयाँबराबरको सहयोग प्रतिबद्धता प्राप्त भएको बताए ।

घोषणा अनुसारको सहयोग प्रतिवद्धता जनाउने क्रम जारी रहेको जानकारी उनले दिए । यद्यपि दाता सम्मेलनमा गरिएको प्रतिवद्धता उपलव्धिमूलक हुनज सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment