Comments Add Comment

ढाकामा बन्धुकधारीको कब्जामा २० विदेशी नागरिक

dhaka१८ असार, काठमाडौं । बंगलादेशको राजधानी ढाकामा चरपन्थीले एक क्याफेमा हमला गरी मानिसहरुलाई बन्धक बनाएका छन् ।

ढाकाको गुलशन इलाकामा रहेको क्याफेमा लगभग २० विदेशीलाई बन्धक बनाइएको हो । इटलीका सञ्चार माध्यमले ढाकास्थित इटालियन राजदूतावसलाई उदृत गर्दै जनाए अनुसार बन्धकमध्ये सात इटलीका नागरिक रहेका बीबीसीले जनाएको छ ।

अन्य सञ्चारमाध्यमहरुका रिपोर्ट अनुसार बन्धकमा पाँच जापानी नागरिक पनि भएको बताइएको छ ।

विशेष प्रहरी बल रेपिड एक्सन बटालियनका प्रमुख बेनजीर अहमनले भित्र फसेकालाई सकुशल उद्धार गर्नु आफूहरुको पहिलो प्राथमिकता रहेको बताए ।

dhaka3एक सरकारी प्रवक्ताका अनुसार गोलाबारीमा दुई प्रहरीको मृत्यु भएको छ भने अन्य २० जना भाइते छन् ।

चरमपन्थी संगठन इस्लामिक स्टेटले हमलाको जिम्मेवारी लिएको छ । उसले विदेशी नागरिक आउने रेस्टुरेन्टमा निशाना बनाएको उल्लेख गरेको छ ।
हमलाको निशाना बनाइएको क्याफे विदेशी मा चर्चित थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment