Comments Add Comment

दुर्घटनामा खुट्टा गुमाएका नेपाली कतारमा एक बर्षदेखि अलपत्र

दोहा । करिब १५ महिना अघि कामको सिलसिलामा खुट्टा गुमाउन पुगेका नुवाकोट जिलिङ- ३ का २३ बर्षिय पुष्पक दाहाल कतारमा अलपत्र परेका छन् ।

puspak dahal२ बर्ष अघि कतारको अल हसन ट्रान्सपोर्ट कम्पनीमा इस्काभेटर चालकको रुपमा काम सुरु गरेका दाहालको कम्पनीकै एकजना हेल्परलाई तालिम दिने क्रममा देब्रे खुट्टा काटेको हो । उनका अनुसार केहि समयको उपचार पछि घर फर्काउन पटकपटक आग्रह गर्दासमेत कम्पनीले बिभिन्न बहानामा घर पठाउन मानिरहेको छैन् ।

हाल उनी सेलिया १ को अत्यन्तै कष्टकर र असुबिधाजनक अबस्थाको लेबर क्यापमा बसिरहेका छन् । उपचारको क्रममा केही समय कम्पनीले तलब दिएको तर अहिले उनलाई छ महिनादेखि तलब पनि नदिएपछि के खाने के गर्ने र कसरी घर फर्कने तनाबका बीच केही नेपाली साथीहरु र नुवाकोट सेवा समाजको सामान्य सहयोगमा बसिरहेको बताएका छन् ।

कम्पनीले अझै उपचार र कानुनी प्रकृया चलरिहेकोले आफुले उचित क्षतिपूर्ति सहित घर फर्काउन नसक्ने र काम नगरे तलब पनि दिन नसक्ने जनाएपछि उनी बैशाखी टेक्दै कम्पनिले भनेको ठाँउमा केहि दिनदेखि रातको समयमा सुरक्षा गार्डको काममा जान बाध्य भएर गइरहेको बताएका छन् ।

यो सम्बन्धमा कानुनी र अन्य सहयोग पाएर घर फर्कनको लागि चाहदा चाहदै हिड्डुल समेत गर्न नसकेकोले कसलाई भन्ने के गर्ने अबस्थामा बसिरहेका छन् । घरको जेठो छोरो भएकोले बाबू आमा र सानासाना भाई बहिनीको पढाइको जिम्मेवारी रहेकोले उनले यसरी कष्टपुर्ण जीवन बिताएर बसिरहेको बारेमा घरमा समेत राम्रोसँग जानकारी गराउन नसकेको जनाएका छन् ।

उचित क्षतिपूर्ति सहित घर फर्कन सहयोग गरिदिनको लागि उनले कतारमा रहेका कानुनी अधिकारबादी संघसंस्था, दुताबास र नेपाल सरकार समक्ष पनि पहल गरिदिन अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment