Comments Add Comment

अवरुद्ध मुग्लिन नारायणगढ सडकमा यातायात सञ्चालन

narayad muglin sadak_pahiro१८ असार, चितवन । भारी वर्षापछि खसेको पहिरोले बन्द भएको र बाढीले भत्काएको बाटो मर्मतसँगै चितवनको दुवै स्थानमा यातायात सञ्चालन भएको छ ।

पहिरोका कारण चितवनको मुग्लिन सडक शुक्रबार दिनभर अवरुद्ध भएको थियो भने दक्षिण माडी, डोरी नारायणगढ सडक बाढीले भत्काएर अवरुद्ध भएको थियो ।

मुग्लिन सडकमा खसेको चार वटा पहिरो पन्छाएर गएरातिबाट सवारी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उक्त सडकको ४ किलो, पाँच किलो, ९ किलो र घुमाउने भन्ने स्थानमा खसेको पहिरो पन्छाएपछि सडक खुलेको थियो ।

यस्तै माडी, ठोरी नारायणगढ सडक भने साँझ ६ बजेतिर खुलाइएको प्रहरीले जनाएको छ । माडीमा भत्किएको सडक मर्मत गरेर गाडी चलाइएको हो ।

शुक्रबार माडीको खोलामा खतराको बिन्दु नाघेर स्थानीयलाई सतर्क हुन आह्वान गरिएको थियो । तर वर्षा घटेपछि त्राससमेत घटेको छ ।

यसैबीच मुग्लिन नारायणगढ सडकखण्डअन्तरगत चितवनको चन्डिभञ्ज्याङ गाविस–५ स्थित खहरे खोला नजिक पहिरोसँगै खसेको ढुङ्गा लागेर दुई जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर छ ।

शुक्रबार मुग्लिनबाट नारायणगढ आउँदै गरेको ना१क १८६४ नम्बरको निजी ट्रकमा पहिरोसँगै खसेको ढुङ्गा लागेर चालक र सहचालक घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

ढुङ्गा लागेर ट्रकका चालक सुनसरीका उद्धव भुजेल र सहचालक विराटनगरका प्रकाश कोइराला घाइते रहेको चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार चालकको टाउकोमा गम्भीर चोट लागेकाले उनको अवस्था गम्भीर रहेको छ । उनलाई उपचारका लागि काठमाडौँ पठाइएको श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment