Comments Add Comment

मृगौलापीडित युवतीले भनिन्- मलाई बचाइदिनोस्

१८ असार, बिराटनगर । मृगौला पीडित मोरङ पथरी शनिश्चरे -८ की सीता श्रेष्ठले उपचारमा सहयोग गरिदिन सबैमा याचना गरेकी छिन् । २८ वर्षीया श्रेष्ठले उपचारमा आर्थिक अभाव भएको भन्दै सहयोगका लागि याचना गरेकी हुन् ।

sita shrestha_hospitalसात वर्षदेखि मृगौलाको समस्याबाट पीडित भएकी श्रेष्ठको हाल काठमाण्डौस्थित वीर अस्पतालमा उपचार भइरहेको छ । उनले अस्पताल शैयाबाटै टेलिफोन गरी भनिन्-मेरो उपचारमा धेरै रकम लाग्ने डाक्टरहरुले बताउनुभएको छ, मलाई बचाइदिन आग्रह गदर्छु ।

वीर अस्पतालको महिला वार्डको ५ नम्वर शैयामा रहेकी उनलाई चिकित्सकले कम्तिमा सात लाख रुपैयाँ लाग्ने बताएका छन् । श्रेष्ठलाई डा. राजेन्द्र अग्रवाल र डा. रजनी हाडाले हेर्दै आएका छन् ।

उनलाई अहिले हप्ताको एक पटक सुई लागाउनुपर्ने भएको छ । पीडित श्रेष्ठका अनुसार सुइको एक पटक लगाउँदा ५० हजार रुपैयाँ खर्च लाग्ने र यो सुई  ६ महिनासम्म लगाउनुपर्ने डाक्टरहरुले जनाएका छन् ।

श्रेष्ठले यसअघि बिराटनगरको गोल्डेन अस्पतालमा उपचार गराए पनि सम्भव नभएपछि लामो समयदेखि वीर अस्पतालमा उपचार गराउँदै आएकी छिन् ।

निम्न वर्गीय परिवारकी श्रेष्ठले उपचारका लागि रकम जुटाउन नसक्ने भएकाले सहयोगको याचना गरेकी हुन् ।

सहयोग गर्न चाहनेले उनका श्रीमान नरेन्द्र श्रेष्ठको राष्ट्रिय वाणिज्य बंैकमा रहेको खाता नम्बर २६००००९२९११० मा रकम जम्मा गरिदिन सक्ने बिरामीले बताइन् । पीडित श्रेष्ठलाई  सम्पर्क गर्नुपरेमा ९८१०५०९४९३ मा फोन गर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment