Comments Add Comment

ढाका आक्रमणः बन्धक बनाइएका २० को हत्या भएको सरकारद्वारा पुष्टि

dhaka

१८ असार, काठमाडौं । ढाकामा एक क्याफेमा आक्रमण गरी चरमपन्थीहरुले बन्धक बनाएका २० जनाकै हत्या भएको बंगलादेश सरकारले बताएको छ ।

बन्दुकधारीहरुले बंगलादेशको सबैभन्दा सुरक्षित मानिएको गुलशन इलाकाको क्याफेमा शुक्रबार आक्रमण गरेका थिए ।

१२ घन्टा लामो रेस्क्यु अपरेशन सकिएको छ र क्याफे अब सुरक्षाकर्मीको नियन्त्रणमा आएको छ । त्यस क्रममा ६ आक्रमणकारी मारिएका छन् भने एकलाई जीवितै पक्राउ गरिएको सरकारका एक प्रवक्ताले बताएको बीबीसीले जनाएको छ ।

आक्रमणको जिम्मा आईएसले लिएको छ । बंगलादेशको सेनाका प्रवक्ताले बताए अनुसार २० जनाको शव भेटिएको छ । र, अधिकांशलाई धारिलो हतियारले रेटेर हत्या गरिएको पाइएको छ ।

तर, उनीहरुको राष्ट्रियता अझै खुलेको छैन । तर, मारिएका सबै विदेशी छन् ।

क्याफेमा बन्दक बनाइएका १३ जनाको भने उद्दार गरिएको छ, जसमा एक जापानिज र दुई श्रीलंकाका नागरिक पनि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment