Comments Add Comment

भाइकिङ गाथाको दुःखद अन्त्य तर आइसल्याण्डको चमत्कार सँधै अविश्मरणीय रहनेछ

gunarsson

काठमाडौं । आइस पग्लियो, त्यो एकदम भयानकसँग, जस्तो आइस क्युब बार्बेक्यु (आगोको भुग्रो)मा हालेको जस्तै ।

हेमिर हलग्रिम्सनका हिरोहरु, जसले अन्तिम १६ मा इंग्ल्याण्डलाई लज्जास्पद हार चखाए, सोमबार विहान स्टेड डे फ्रान्समा उनीहरुले बचाउको कुनै मौका नै पाएनन् ।

यो तथ्य हो कि क्वार्टरफाइलमा आइसल्याण्डले बोल्बियन सिगर्थोसन र बिर्बिर बिआर्नेसनमार्फत आयोजक राष्ट्रविरुद्ध दुई गोल गर्‍यो, जसले यो टिम कति युनिक (अद्वितीय) छ भन्ने देखाउँछ ।

तर, यो वास्तविकता हो कि उनीहरु ‘मरिसकेका’ थिए, त्यो पनि पहिलो हाफको क्रुर ३३ मिनेटमा नै ।

आइसल्याण्डका स्टारहरु, जोसँग कार्डिफ, चार्लटनमा र्फकनु अघि केही समयको ब्रेक रहेछ, उनीहरुले आफ्नो शरीरमा रहेका उर्जाको अन्तिम थोपासम्म खर्च गरे ।

युरो २०१६ को चार खेलमा अपराजित रहँदा देखिएको उनीहरुको सराहनीय संगठन र प्रभावशाली मानसिक शक्ति रेफ्री ब्योर्न कुइपेर्सले हाफ टाइमको सिठ्ठी फुक्दा नै छिन्नभिन्न भइसकेको थियो । र, उत्तरी एटलान्टिक र्फकने पक्का भइसकेको थियो ।

युरोपियन च्याम्पियनसिपमा अहिलेसम्म कुनै पनि टिमले पहिलो हाफमा चार गोल गरेका थिएनन् । ओलिभर जिरउडले दिलाएको अग्रतामा पल पोग्बा, डिमित्री पयेट र एन्टोनियो गि्रनम्यानले हाफ्नो गोल थपे । र, यो सच्चै बेमेल एक स्कुलका केटाहरुको खेल जस्तो थियो । यस्तो लाग्थ्यो फ्रान्सले आफ्ना ५/६ खेलाडी देओस् वा ९ खेलाडीमा खेलेर विपक्षीलाई पनि केही अवसर दिओस् ।

वास्तवमा उनीहरु लडाइ हारिरहेका थिए । तर, आइसल्याण्ड दोस्रो हाफमा दुई गोल गर्न सफल भयो । ७० हजार फ्रान्सका घरेलु समर्थकले उनीहरुको सम्मानमा भाइकिङ ताली बजाए ।

iceland-players

र, जर्मनीसँग सेमिफाइनल खेल्नुअघि फ्रान्सले धेरै सुधार गर्नुपर्नेछ भन्ने सन्देश दिए ।

हो, युरो २०१६ को यात्रा समापन आइसल्याण्डले चोहेको जस्तो भएन । तर, उनीहरुले जीवनभरका लागि अविश्मरणीय क्षणको संगालो र हजारौं समर्थक बटुलेर घर फर्किएका छन्

र, फ्रान्ससँग व्यहोरेको ५-२ को हारका बाबजुद आइसल्याण्डप्रतिको दृष्टिकोणमा कुनै परिवर्तन हुने छैन । उनीहरु राष्ट्रको असली नायकको रुपमा घर फर्कँदैछन् । तीन साताको फ्रान्स बसाईमा उनीहरुले आफ्नो फुटबलिङ क्षमता मात्र प्रस्तुत गरेका छैनन्, समग्र मुलुककै छविमा बलियो छाप छोडेका छन् ।

फ्रान्सबिरुद्धको खेलमा आइतबार राति आइसल्याण्डका खेलाडीहरु त्यस्तो देखिएनन् जस्तो यसअघिका खेलहरुमा देखिएको थियो । उनीहरु हाई प्रोफाइल र उच्च अनुभवी खेलाडीहरुबिरुद्ध उनीहरु आक्रामक रुपमा प्रस्तुत हुने छवि थियो ।

साथै उनीहरु ट्क्टिकल रुपमा उत्कृष्ट थिए, स्टामिना राम्रो थियो र अनुशासित टिमवर्कले गर्दा नै उनीहरुले क्वार्टरफाइनलसम्मको यात्रा तय गरेका थिए ।

प्रशिक्षकहरु हलगि्रम्सन र लर्स लेगरब्याकले आइसल्याण्डको टोलीलाई एकजुट बनाउन महत्वपूर्ण भूमिका निर्बाह गरे । यो नोर्डिक टोलीले समूह चरणमा पोर्चुगल र हंगेरीबिरुद्ध बराबरी र अष्ट्रियाबिरुद्ध अन्तिम समयमा गोल गर्दै जित हासिल गरेका थिए ।

तर, स्मरणीय कुरा के हो भने उनीहरुले छनौट चरणमै नेदरल्याण्ड्सलाई दुई पटक तथा चेक रिपब्लिक र टर्कीलाई १/१ पटक हराएर आफुलाई प्रमाणित गरिसकेका थिए ।

र युरो २०१६ को नकआउट चरणको आफ्नो पहिलो खेलमा आइसल्याण्डले स्टारहरुले भरिएको इंग्ल्याण्डलाई पराजित गरी इतिहासमा सबैभन्दा ठूलो जित दर्ता गर्न सफल भयो ।

उनीहरुलाई आइसल्याण्डको टोलीबारे राम्रोसँग थाहा छ, जसले पछिल्लो चार बर्षदेखि त्यस टोलीलाई फलो गरिरहेको छ । यो टोली २०१४ को ब्राजिल विश्वकपमा छनौट हुनबाट मात्र १ खेलले चुकेको थियो । छनौट चरणको प्लेअफमा क्रोएशियासँग नहारेको भए उसले दुई बर्ष अघि नै ठूला प्रतियोगितामा डेब्यू गर्ने थियो । तर, यसपटक छनौट मात्र भएनन्, अपेक्षाभन्दा धेरै गरे ।

आउने १६ महिना २०१८ को रुस विश्वकपको छनौटको अझै कठिन प्रकृया सुरु हुँदैछ । युरोपेली छनौट पार गरेर १३ टोलीमात्र विश्वकपमा छनौट हुनेछन् जवकी युरोमा २३ टोलीले छनौट पार गरेका थिए । तर, यो बहादुर टोली विश्वकपमा छनौट हुँदैन भन्न सकिन्न ।

lars-lagerback

संयुक्त प्रशिक्षक लेगरब्याकले प्रशिक्षक पदबाट अबकास लिँदैछन्, जुन यो टोलीका लागि एक झड्का हुनसक्छ ।

उनी आफ्नो देश स्वीडेन र नाइजेरियालाई ठूला प्रतियोगिता खेलाएका अनुभवी प्रशिक्षक हुन् । आइसल्याण्ड टोलीलाई यो स्थानसम्म ल्याउन र यस्तो शक्तिशाली बनाउन उनको रणनीतिले उत्कृष्ट भूमिका निर्बाह गरेको धेरैको बुझाइ छ ।

तर, अर्का प्रशिक्षक हलग्रिम्सन छन्, जसले तीन बर्षअघि लेगरब्याकसँग मिलेर राष्ट्रिय टोली हेरिरहेका छन् । लेगरब्याक निश्चित रुमा रणनीतिक चालवाजीमा निपूर्ण छन् तर, खेलका लागि चाहिने हिम्मत, टोलीका एकता र सामुहिक भावनाको विकासका जिम्मेबार हलग्रिम्सनलाई मानिन्छ । पछिल्लो पाँच खेलको प्रदर्शन मात्र हेर्ने हो भनेपनि त्यो स्पष्ट देख्न सकिन्छ ।

आइसल्याण्ड यो प्रतियोगिताको केन्द्रमा रहृयो । अन्तिम खेलमा ब्यहोरेको कठोर हारले उसको गौरवगाथालाई कमजोर बनेको छैन । यो मुलुकले करोडौं महादेशीय समर्थकको मन मस्तिस्कमा बास बस्न सफल भएको छ ।

योसँगै विश्वले आइसल्याण्डको फुटबल खेलाडी र क्लबहरुबारे फरक धारणा बनाउनेछन् । साथै आइसल्याण्डको बारेमा पनि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment