Comments Add Comment

विपद् व्यवस्थापनका लागि सेनाले माग्यो सात अर्ब

२० असार, काठमाडौं । नेपाली सेनाले विपद् व्यवस्थापनको क्षमता अभिवृद्धि गर्न सात अर्ब रूपैयाँ बजेट माग गरेको छ ।

Nepal-Armyसो मागमध्ये सेनालाई तीन अर्ब र अर्को तीन करोड नियमित बजेटबाट विपद् व्यवस्थापन कार्यका लागि निकासा भएको छ ।

यस रकमबाट सेनाले हेर्दै आएको सो क्षेत्र (विपद् व्यवस्थापन)मा ४३ प्रतिशत क्षमतामात्र अभिवृद्धि हुने उसले जनाएको छ । उसले आफूले माग गरेअनुसार बजेट निकासा भएमा आइपर्ने जुनसुकै विपद्सम्बन्धी चुनौतीलाई तत्काल सामना गर्न सक्ने स्पष्टसमेत पारेको छ ।

व्यवस्थापिका संसद् राज्य व्यवस्था समितिको आजको बैठकमा प्रधानसेनापति राजेन्द्र क्षत्री प्राकृतिक प्रकोपको व्यवस्थापनमा नेपाली सेनाका कार्यका बारेमा जानकारी दिँदै थिए ।

निकासा भएकामध्ये सेनाले आफ्नो हवाई, इञ्जिनियरिङ, मेडिकल, जमिनी पारवहनजस्ता क्षेत्रमा खर्च गर्ने छ । तत्काल उसले तीन वटा साना हेलिकप्टर थप गर्न लागेको जनाइएको छ ।

सेनाले विपद् व्यवस्थापन, जनताको जीउधनको सुरक्षा र राष्ट्र विकासका लागि सरकारको निर्देशन बमोजिम परिचालन हुनसक्ने गरी चौबिसैघन्टा तयारी अवस्थामा रहेको पनि सो जानकारीपत्रमा उल्लेख छ ।

जानकारीपत्रमा सेनाले विपद्को समयमा परिचालन हुने सबै सुरक्षा निकायबीचको सूचनाको आदान प्रदान गर्न जङ्गी अड्डामा संयुक्त सञ्चार केन्द्र स्थापना गर्न, काठमाडौं जोड्ने वैकल्पिक सडक निर्माण तथा मर्मत कार्य पूरा गर्न र मनसुन पूर्व नै यसबाट आउने खतरासँग मुकाबिला गर्न तयारी अवस्थामा रहन सुझावसमेत दिएको छ ।

सेनाले बाढी पहिरो, डुबान र भूकम्पजस्ता प्राकृतिक प्रकोपका खोज, उद्धार तथा राहतमा ६५ हजार परिचालन हुन सक्ने जानकारी दिएको छ ।

यसैगरी क्षेत्रीय र स्थानीय तहमा सडक विभागसँग समन्वय गरी सम्भावित स्थानमा डोजर र एक्साभेटरहरु तयारी हालतमा राख्न निर्देशन दिइएको छ भने डुबान तथा पहिरो गएका क्षेत्रमा हेलिकप्टर/डुङ्गाबाट जोखिममा रहेका व्यक्तिलाई उद्धार गर्ने व्यवस्था सेनाले मिलाएको छ ।

वीरेन्द्र अस्पतालमा विशेषज्ञ चिकित्सकसहित मेडिकल टिम तयारी अवस्थामा राखिएको छ । साथै १५ स्थानमा फिल्ड एम्बुलेन्सलाई चिकित्सकसहित तयारी अवस्थामा राखिएको पनि सेनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment