Comments Add Comment

साउथ साइडर्स र प्राइम च्याम्पियन

२१ असार, काठमाडौं । साउथ साइडर्स र प्राइम मोर्गन कप १२ औं महिला तथा १३ औं पुरुष राष्ट्रिय क्लबस्तरीय बास्केटबल प्रतियोगितामा च्याम्पियन बनेका छन् । साउथ साइडर्सले पुरुष तथा प्राइमले महिलातर्फ उपाधि जिते ।

आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् -राखेप) को कभर्डहलमा भएको पुरुष फाइनलमा साउथ साइडर्सले गोल्डेनगेटलाई ९१-७८ ले पराजित गर्‍यो । साउथ साइडर्सको जितमा विजय बुर्जाले २७ अंक योगदान गरे । गोल्डेनगेटका सिद्धार्थ महर्जनले २४ अंक जोडे ।

पहिलो क्वाटरमा साउथ साइडर्स १४-२१ ले पछि पर्‍यो । त्यसपछिको खेलमा फर्केको साउथ साइडर्सले बाँकी तीनवटै क्वाटर आफ्नो पक्षमा पार्दै उपाधि सुनिश्चित गर्‍यो । साउथ साइडर्सले दोश्रोमा २४-२३, तेश्रोमा २७-१८ र चौथोमा २६-१६ को प्रदर्शन गर्‍यो ।

महिलातर्फ फाइनल सरह राउन्ड रोविन लिगकै अन्तिम खेलमा ह्वाइटहाउसलाई ५७-४७ ले हराउदै प्राइम उपाधि जित्न सफल भयो । उक्त खेलअघि दुवै टोली अपराजित थिए । प्राइमको जितमा लुनिभा सिंहले २१ अंक जोडिन् । ह्वाइटहाउसकी अनुषा मल्लले १८ स्कोर गरिन् ।

पहिलो क्वाटरमा १०-७ ले अघि बढेको प्राइम दोश्रोमा १७-१९ ले पछि पर्‍यो । बाँकी दुवै क्वाटरमा पुनः प्राइमले अग्रता लियो । प्राइमले तेश्रोमा १२-६ र चौथोमा १८-१५ अंक बटुल्यो ।

नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा साउथ साइडर्सका विजय तथा महिलामा प्राइमकी लुनिभा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । बसुन्धारास्थित मोर्गन इन्टरनेसनल कलेजको मुख्य प्रायोजनमा असार १० गतेदेखि सुरु प्रतियोगिताको पुरुषमा ८ र महिलामा ६ टिम सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment