Comments Add Comment

शशांकलाई भेट्न अस्पतालमा नेताहरुको भीडभाड

PM-Oli-and-Sherbahadur-Deuba

२२ असार, काठमाडौं । कांग्रेस महामन्त्री शशांक कोइरालालाई भेट्न जाने नेताहरुको ओम अस्पतालमा घुइँचो लागेको छ ।

कोइरालाको स्वास्थ्यमा एक्कासी समस्या आएपछि चाबहिलस्थित ओम अस्पतालको आइसियू कक्षमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कोइरालालाई भेट्न अस्पताल पुगेका छन् । उनले कोइरालालाई आइसियू कक्षमै पुगेर भेटेका थिए ।

Dr-Shashank-Koirala-Admit

नेताहरुले आइसीयुकक्षमा छिरेर भेटघाट गर्दा अस्पतालमा निकै ठूलो भिडभाड भएको छ । यस्तो भिडले विरामीलाई असर पार्ने भए पनि अस्पताल प्रशासनले भीड नियन्त्रण गर्न सकेको छैन ।

प्रधानमन्त्री ओलीले कोइरालाको उपचारमा सरकारको तर्फबाट कुनै कमी हुन नदिने प्रतिवद्धता जनाए । उनीसँगै अस्पताल पुगेका मुख्यसचिव सोमलाल सुवेदीसँग प्रधानमन्त्रीले कोइरालाको उपचार प्रवन्धबारे छलफल गरे ।

शशांकलाई भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, सुजाता कोइराला लगायत अस्पताल पुगेका छन् ।

Sujata-Vabuk-Final

यसैगरी एमाले नेता माधवकुमार नेपाल, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा नेता डा. प्रकाशचन्द्र लोहनी, अख्तियार प्रमुख लोकमानसिंह कार्की पनि अस्पताल पुगेर कोइरालाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

अस्पतालमा शशांकको स्वास्थ्यबारे बुझ्न नेता, सांसद, कार्यकर्ताहरु पुग्ने क्रम जारी छ । अहिले अस्पतालमा उनीहरुको निकै ठूलो भिडभाड छ । आफन्तजनहरु चिन्तित छन् ।

Balkrishna,-Madhab-Nepal and Purna Bahadur

Kamal-Thapa-at-Om-Hospital

Dr-Prakash-Chandra-Lohani

Lokman-Sing-Karki

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment