Comments Add Comment

थोमस मुलर भर्सेस एन्टोइन ग्रिजम्यान

players

थोमस मुलर

भलै जारी युरोकपमा थोमस मुलरको लय केहि लड्खडाएजस्तो देखिएको छ । तर उनी जुनसुकै बेला लयमा फर्कनसक्ने खेलाडी हुन् । मूख्य स्ट्राइकर मारियो गोमेज चोटग्रस्त भएपछि संकटमा परेको जर्मन टोलीको उद्धार यिनै स्टारले गर्ने भएका छन् । जर्मनीलाई विश्वबिजेता बनाउन प्रेरणादायी प्रदर्शन गरेका मुलरबाट जर्मनीले आज हुने घरेलु टोलीबिरुद्धको सेमिफाइनलमा पनि त्यस्तै प्रदर्शनको अपेक्षा राखेको छ ।

सामी खेडिरा र बास्टियन स्वाइन्सटाइगर समेत चोचग्रस्त भएपछि जर्मन अग्रपंक्तिमा मुलरसँग २१ बर्षीय युवा स्ट्राइकर ड्रक्सलार हुनेछन् । मेसिट ओजिल र टोनी क्रुजसँगको समन्वय २६ बर्षीय बार्यन म्यूनिख स्ट्राइकर मुलरका लागि आजको खेलमा प्रभावकारी हुन सक्नेछ ।

एन्टोइन ग्रिजम्यान

फ्रान्सका लागि अग्रपंक्तिमा एन्टोइन ग्रिजम्यान पछिल्ला खेलहरुमा निक्कै प्रभावकारी देखिएका छन् । प्रतियोगितामा उनले अहिलेसम्म सर्बाधिक ४ गोल गरेका छन् । फ्रान्सेली खेलाडीको कुरा गर्नुपर्दा त उनी सन् १९८४ को युरोकपयता ठूला प्रतियोगितामा धेरै गोल गर्ने पहिलो खेलाडी समेत बनेका छन् ।

रोमानियाबिरुद्धको पहिलो खेलमा प्रभावकारी नदेखिएका स्पेनिस टोली एथ्लेटिको म्याड्रिडका फरवार्ड ग्रिजम्यानले त्यसयता मैदानमा उत्कृष्ट छाप छोड्न सफल भएका छन् । ग्रिजम्यानको मुख्य स्ट्राइकर ओलिभर जिरोर्ड र स्टार मिडफिल्डर दिमित्री पायेटसँगको समन्वयले फ्रान्सेली टोली घरेलु मैदानमा निक्कै खतरनाक बन्ने निश्चित छ । तर घुँडाको चोट ब्यहोरेका जिरोर्ड अाजकाे खेलमा खेल्न सक्ने नसक्ने निश्चित छैन । यदि उनले खेल्न सकेनन् भने फ्रान्सेली टोलीको अग्रपंत्तिको नेतृत्व ग्रिजम्यानले लिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment