Comments Add Comment

तीजको कोसेली मार्फत सिड्नी-नेपाल र अमेरिका जोड्दै शान्ति

Shanti-Bhandari

एक समय लोक गायन र मोडलिङ क्षेत्रमा जगजगी नै थियो नेपालमा शान्ति भण्डारीको । तर बिबिध कारण उनी अमेरिका पलायन भइन । १० बर्षदेखी उनी अमेरिकामा बस्दै आइरहेकी छन ।

तन उता भएता पनि उनको मन र भाबना भने नेपाली गीत संगीतबाट टाढीएको छैन, ‘कसरी भाग्न सक्छु यो क्षेत्रबाट ? यसले नै नाम दियो र पहिचान बनायो ।’ शान्ति भन्छिन ।

अहिले अमेरिकामा रहेकी शान्ति गत महिना सांगीतिक कार्यक्रममा सहभागि हुन अष्ट्रेलियाको सिड्नी आएकी थिइन । सिड्नीमा आफ्नो प्रस्तुति मन पराइएपछि शान्ति पनि उत्साहित छिन् । भन्छिन् ‘धेरै माया दिनु भयो, खुशी छु’ । यति नै बेला शान्तिलाई सिड्नीमा रहेका नेपाली महिलाहरुले सोधे ‘यस पटक तीजमा हामीलाई के छ कोसेली ….?’

यो भन्दा अगाडि अष्ट्रेलियाको कार्यक्रम सकाएर सीधै अमेरिका जाने तयारीमा रहेकी शान्तिले अब आˆना समर्थकको इच्छा मार्न सकिनन् र सिड्नीमा नै निधो गरिन की नेपाल गएर तीजको एल्बम निकाले पछी मात्र अमेरिका र्फकने ।

अष्ट्रेलियाको बसाईमा नै उनले प्रख्यात गीतकार एकनारायण भण्डारीलाई शब्द लेखिदिन आग्रह गरिन । एक नारायणले पनि शब्द मात्र होईन कि लय सहित गीत तयार पारिदिए ।

ठूला ठूला टौवा लाको
बाबाले खोजेको
गालैमा डिम्पल भाको
मैले रोजेको …..

सिड्नीबाट नेपाल जानासाथ यो गीतको रेकर्ड मात्र भएन कि शान्तिले म्यूजिक भिडियो पनि तयार पारिसकेकी छिन । ‘सबै तयार पारेर अमेरिका फर्किएकी छु । एल्बमको नाम मैले रोजेको राखेकी छु भने भिडियो र एल्बम यसै साता कामना डिजिटलले बजारमा ल्याउँदै छ ।’ शान्तिले जानकारी दिइन । शान्ति भन्छिन्, ‘यस पटकको मेरो तीजको एल्बममले सिड्नी, नेपाल र अमेरिकालाई जोडेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment