Comments Add Comment

फ्रान्सलाई हराउने हो भने पोर्चुगलले गर्नु पर्ने पाँच काम

portugalपोर्चुगलले आइतबार दोस्रो युरोपियन च्याम्पियनसिपको फाइनल खेल्दैछ र आयोजक राष्ट्र फ्रान्सको सामना गर्दा क्रिष्टियानो रोनाल्डो र देशलाई उपाधि दिलाउन उनको समना हुनेछ ।

फ्रान्सको आत्मविश्वास निकै बलियो छ । किनकी हजारौं घरेलु समर्थक हुनेछन् भने क्वार्टरफाइनलमा आइसल्याण्डलाई ५-२ ले हराएको उसले सेमिफाइनलमा विश्व विजेता जर्मनीलाई २-० ले पाखा लगाएको थियो ।

उसका एन्टोन गि्रजम्यान स्टार बनिसकेका छन् र ओलिभर जिरउड र दिमित्री पयेट पनि छन् । यसरी हेर्दा पोर्चुगलले आफ्नो विपक्षीलाई कमजोर आँकलन गर्ने गल्ती गर्नु हुनेछैन् ।

१. पेपे

रियल मड्रिडका सेन्टर डिफेन्डर पेपेको युरो २०१६ मा प्रदर्शन उत्कृष्ट रहृयो । र, खासगरी समूह चरणमा । चोटका कारण उनले वेल्सविरुद्धको सेमिफाइनल खेल गुमाए । यदि फ्रान्सलाई हराउने हो भने फाइनलमा पेपेको उपस्थिति पोर्चुगलका लागि अनिवार्य जस्तै छ ।

२. जिरउड

फ्रान्सको सिस्टममा महत्वपूर्ण सदस्य हुन् ओलिभर जिरउड । र, उनको भौतिक उपस्थितिले टोलीको प्रदर्शनमा निकै फरक पर्ने गरेको छ । तर, यदि ९० मिनेट नै उनका पछाडि कसैलाई दौडाउने हो भने उनको प्रभाव कम गर्न सकिन्छ ।

र्मनीविरुद्धको खेलमा उनलाई विपक्षी डिफेण्डरले पछ्याइरहे । परिणाम उनले कुनै खतरनाक मूभ बनाउन सकेनन् ।

३. दिमित्री पयेट

युरो २०१६ मा चम्किएका फ्रान्सका अर्का स्टार हुन् पयेट । खासगरी समूह चरणमा उनको प्रदर्शन लोभलाग्दो थियो । उनी डिबक्सभित्रबाट गोल गर्न किनै माहिर देखिएका छन् । आइसल्याण्डविरुद्धको खेलमा उनले सेन्टर मिडफिल्डरसँग मिलेर काम गर्न सक्छन् भन्ने पनि देखाइसकेका छन् । त्यसैले पोर्चुगलले उपाधिको दाबी  गर्ने हो भने पयेटप्रति निकै सचेत हुनु पर्ने देखिन्छ ।

४.ग्रिजम्यान

फ्रान्सले विश्व विजेता जर्मनीविरुद्ध २-० को जित हात पार्दा दुबै  गोल गि्रजम्यानले गरेका थिए । करिम बेन्जिमा टिममा नपरेको मौकामा फ्रान्सेली टोलीमा परेका उनी प्रतियोगिताकै सर्वाधिक गोलकर्ता हुन् । र, उनले आफू कति क्षमतावान खेलाडी हुन् भनेर प्रमाणित गरिसकेका छन् । र, युरोको फाइनल खेल्दा पोर्चुगलले वढी नै मार्क गर्नु पर्ने खेलाडी हुन् उनी ।

५. इभ्रा

प्याट्रिक इभ्राले युरो २०१६ मा नियमित जस्तै पहेँलो कार्ड पाएका छन् । रोमानियाबिरुद्धको उत्कृष्ट प्रदर्शनसँगै उनको उत्कृष्ट लय जारी युरोमा देखिएको छ । रिकार्डो क्वारेज्माको आक्रमण राक्न यी लेफ्ट ब्याकले प्रभावकारी बन्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment