Comments Add Comment

फ्रान्स भर्सेज पोर्चुगलः कुन पोजिसनमा को अब्बल ?

Portugal-vs-France

काठमाडौं । महादेशीय च्याम्पियन बन्नको लागि आज युरोकपको फाइनलमा आयोजक फ्रान्स र पोर्चुगल आमने सामने हुँदैछन् । यहाँ हामीले आइतबार राति मैदानमा उत्रन लागेको फाइनलिष्ट टोलीको प्रत्येक पोजिसन पोजिसनबारे उल्लेख गर्न लागेका छौं ।

गोलकिपर

पोर्चुगिज गोलरक्षक रुइ प्याट्रिक राम्रो खेलिरहेका छन् । क्वाटरफाइनलमा पोल्याण्डका याकुब ब्लाजिओस्कीको पेनाल्टी रोकेर पोर्चुगललाई सेमिफाइनलमा पुर्‍याएसँगै उनको सक्षमता पुष्टि भइसकेको छ । पोर्चुगिज क्लब स्पोटिङका उनलाई इंग्लिस क्लव एभर्टनले आँखा लगाइरहेको छ र आगामी सिजन उनी इंग्ल्याण्ड भ्रमणमा निस्किए आश्चर्य नमाने हुन्छ । यद्यपि सबै शक्तिको तुलना गर्दा उनी फ्रान्सेली गोलरक्षक हृयुरो लोरिस भने होइनन् ।

निश्चित रुपमा फ्रान्सेली गोलरक्षक हृयुगो लोरिस अहिले विश्वकै उत्कृष्ट मध्येका एक हुन् । उनी चुस्त र बहादुरमात्र छैनन्, क्रस बललाई नियन्त्रणमा लिन, गोलकिकमा चुस्तता लगायतमा पनि उनको आत्मबिश्वास देखिन्छ ।

समग्रमा पोर्चुगिज गोलरक्षक योग्य हुन् भने उनका फ्रान्सेली समकक्षी निपुर्ण गोलरक्षक हुन् ।

डिफेन्स

यो संयोग होइन कि पोर्चुगलले ढिला गरी नकआउट चरणमा मात्र एउटा योग्य रक्षकलाई विश्व फुटबलमा परिचित गरायो । रिकार्डो काल्भारो, पेपे र ब्रुनो आल्भेस सेन्टर डिफेण्डरको रुपमा स्थापित रहँदा उनले पोलो नपाएका हुन सक्छन् । तर, यी तीनै आफ्नो करिअरको अन्तिम समयमा छन् । फोन्टे ३२ बर्षका भए । तर, उनको खेलस्तरमा उमेरको असर देखिएको छैन । उनी पोर्चुगलका अन्य खेलाडीको तुलनामा मैदानमा बढी जागरुक र सतर्क देखिन्छन् । टोलीका लागि पनि उनको आवश्यकता उत्तिकै छ ।

बितेका एक महिना स्यामुएल उम्टिटीका लागि निक्कै भाग्यशाली रहृयो । पहिला उनले विश्वकै उत्कृष्ट क्लव बार्सिलोनामा आवद्ध भए । दोस्रो निक्कै महत्वपूर्ण समयमा उनले राष्ट्रिय टोलीबाट मौका पाए । त्यसमा पनि उनले यस्तो प्रदर्शन गरे कि राष्ट्रिय टोली र क्लवले समेत उनलाई विश्वास गरेकोमा पछुतो गर्ने ठाउँ रहेन ।

साथसाथै लरेन्ट कोसिल्नीका लागि पनि यस्तै भएको छ । उम्टिटी र कोसिल्नीको जोडी फ्रान्सको लागि जारी युरोमा निक्कै प्रभावकारी देखिएको छ । रहृयो कुरा प्याटि्रक एभ्रा र ब्याकरी साँगाको । उनीहरु पूर्ण फिट छैनन् । धेरैकुरा उनीहरुको विङ्सबाट अप-डाउन प्रदर्शनमा निर्भर रहनेछ । तर न उनीहरु युवा छन् न सेमिफाइनल खेलपछि लगत्तै उनीहरु रिकभर भइसकेको अवस्था छ । यस्तोमा के उनीहरुले पोर्चुगलको चुनौति सामना गर्न सक्छन् ?

समग्रमा दुई टोलीको रक्षापंक्ति केहि कमजोर नै छ । तर, तपाईंले पोर्चुगलको भन्दा फ्रान्सेली रक्षापंक्तिलाई थोरै बढी विश्वास गर्न सक्नुहुन्छ ।

मिडफिल्ड

रेनाटो सान्चेस पोर्चुगिज मिडफिल्डमा निर्णायक पात्र हुन् । प्रतियोगिताको सुरुवाती खेलहरुमा पोर्चुगल कमजोर र केहि ढिला देखिएको थियो । तर, उनको आगमनसँगै एकपछि अर्को खेलमा सुधार हुँदै अहिले पोर्चुगल उत्कृष्ट बनेको छ । मिडफिल्डमा मात्र होइन, उनी आक्रमणको लागि पनि उत्तिकै माहिर छन् । उनले खुट्टाले बल नियन्त्रणमा लिँदै निडर रुपमा बल अघि बढाउँदा विपक्षीले मौका पाउने सम्भावना थोरै हुन्छ । साथै आवश्यक पर्दा डिफन्सलाई सहयोग गर्नपनि उनी उत्तिकै सक्रिय रहन्छन् ।

दुई पहेँलो कार्डका कारण वेल्सविरुद्धको सेमिफाइनल गुमाएका अर्का मिडफिल्डर विलियम कार्भाल्हो पनि फाइनलमा दोब्बर शक्तिका साथ फर्कदैछन् । उनी पनि पोर्चुगिज मिडफिल्डमा महत्वपूर्ण हुन् । साथै विपक्षी सुपरस्टार पाउल पोग्वालाई ‘डिस्टर्व’ गर्न उनको भूमिका हुनसक्छ ।

र पाउल पोग्वा कसरी खेल्न सक्छन् ? जो निकट भविश्यमा विश्वका सबैभन्दा महंगा फुटबलर बन्न सक्छन् । तर, जारी प्रतियोगितामा उनको मिश्रति प्रदर्शन रहेको छ । एकाथरीको मान्यता यो छ कि उनी प्रतियोगितामा फ्लप भएका छैनन्, न उनले राम्रो प्रदर्शन गर्न सकेका छन् । तर उनी जुनसुकै टोलीलाई पनि ध्वस्त पार्ने क्षमता भएका खेलाडी चाहीँ पक्कै हुन् ।

अर्कोतर्फ ब्लेज माटुइडी उत्कृष्ट खेलिरहेका छन् । मैदानमा जागरुकता, गलिशील, बुद्धिमानी शैलीले उनको स्तर मैदानमा सबै क्षेत्रमा उत्कृष्ट देखिन्छ । सबैभन्दा आश्चर्यजनक कुरो चाहीँ इंग्लिस क्लव न्युकाशल युनाइटेडबाट फ्लप भएका मोउसा सिसिकोलाई प्रशिक्षक डिडिएर डेसक्याम्पले बुद्धिमतापूर्वक सदुपयोग गरेका छन् । फेरि दिमित्री पायेट छन् । जसले समूह चरणमा फ्रान्सको उद्धार गरेका थिए । यद्यपि नकआउट चरणमा उनको स्तरमा गिरावट देखिएको छ । तर, मिडफिल्डको बायाँ क्षेत्रमा उनले जे पनि गर्न सक्छन् ।

समग्रमा भन्नुपर्दा पोर्चुगलले एकपछि अर्को खेलमा मिडफिल्डमा सुधार ल्याएको छ तर फ्रान्सले उसलाई मध्यक्षेत्रमा नियन्त्रणमा राख्न सक्छ ।

फरवार्ड

रोनाल्डोका लागि तपाईं के गर्न सक्नुहुन्छ ? धेरै पनि होइन । तपाई रोनाल्डोसँग मैदानमा प्रतिस्पर्धा गर्न जाँदै हुनुहुन्छ भने उनी निक्कै फाष्ट र शानदार छन् । एयरबलमा भीड्न चाहनुहुन्छ भनेपनि उनी बलियो छन्, बहादुर छन् र निक्कै माथिसम्म उफ्रन सक्छन् । उनलाई रोक्न तपाईंले ट्याकल गर्न सक्नुहुन्छ, धक्का दिन सक्नुहुन्छ । जसले उनी क्रुद्ध हुनेछन् । जव उनी क्रुद्ध हुनेछन्, त्यो तपाईंलाई मन पर्दैन ।

र निश्चय नै जब तपाईं रोनाल्डोमा बढी केन्द्रित हुनुहुन्छ त्यो भनेको नानीका लागि धेरै स्पेस छोड्नु हो । नानी करिअरको उत्कृष्ट समयमा छन् । उनलाई आधा रोनाल्डो भन्दा पनि हुन्छ । तर, यिनै आधा रोनाल्डो चम्किए भने फ्रान्सका हराउन लागि पर्याप्त हुनेछ । नानीको पेस उत्कृष्ट छ र उनी फ्रान्सबिरुद्ध खतरनाक हुनसक्छन् । पोर्चुगलको खराव पक्ष पनि छ तर, हामीले यहाँ त्यो उल्लेख गरिरहेका छैनौं ।

बिचरा बुढा ओलिभर जिरोर्ड । धेरै आलोचनाहरुको प्रहार खेपिरहेका एकमात्र मानिस । पोष्टतर्फ बल क्रस गर्न नसक्नु र पाएको स्वर्णिम अवसरमा चुक्नुले उनको घोर बिरोध भइरहेको छ । बिशेष गरी जर्मनीबिरुद्धको खेलमा उनले त्यस्तो गल्ती गरेका थिए ।

उनी रोनाल्डोको स्तरका खेलाडी होइनन् । न कि उनी उनकै पूर्व टिममेट करिम बेञ्जिमा जत्तिको । तर, उनले आफ्नो सही उपयोग भने गरेका छन् । उनी एयरबलमा राम्रो दख्खल राख्छन् र त्यसलाई सदुपयोगका लागि एन्टोइन गि्रजम्यानलाई पास गर्न सक्छन् ।

फ्रान्सेली टोलीमा पुरानो तर, प्रभावकारी फर्मुला ‘बिग म्यान’, ‘लिटल म्यान’ पार्टनरसीपले लागू भएको छ र यसले फाइनलसम्मको यात्रा तय गर्नुमा पनि यो सुत्रले निक्कै महत्वपूर्ण भूमिका निर्बाह गरेको देखिन्छ । र आज हुने फाइनलमा पनि यो सुत्र प्रभावकारी बन्नसक्ने विश्लेषण पण्डितहरुको छ ।

समग्रमा रोनाल्डो तुरुपमा एक्का हुन् । तर, फ्रान्स पनि उनीहरुको लक्ष्यमा एकाग्र छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment