Comments Add Comment

युरो जसले जितेपनि पेरिसको सडक खाली नगरिने

euro_security

बलियो सुरक्षा व्यवस्थाका साथ १५औं संस्करणको युरोकपको फाइनल आज राति फ्रान्सको पेरिसमा हुँदैछ । आजको फाइनलका लागि मात्र ६ हजार ८०० प्रहरी अधिकारी पेरिसमा तैनाथ गरिएका छन् ।

र, उनीहरुले पोर्चुगल र घरेलु टोली फ्रान्सबीचको बहुप्रतीक्षित फाइनल खेलको अगाडि, खेलका क्रममा र सकिएपछि पनि रंगशालाको भित्र बाहिर, फ्यानजोन र जितपछिको सेलिब्रेसनमा निस्केको समूहको निगरानी गर्नेछन् ।

उत्तरी पेरिसको सेन्ट डेनिसस्थित फ्रान्सको राष्ट्रिय रंगशालामा १ हजार ३०० भन्दा बढि प्रहरी अधिकारी परिचालन गरिएको छ भने त्यसबाहिर फाइनल सकिएपछि पोर्चुगल तथा फ्रान्स जसले जितेपनि हुने जितको सेलिब्रेसनमा निस्केका समूहको निगरानीका लागि पूरै पेरिसभर ३ हजार ४ सयभन्दा बढी प्रहरी अधिकारी तैनाथ हुनेछन् ।

आइफिल टावर नजिकै रहेको फ्यानजोनमा पनि उनीहरुलाई निगरानीका लागि ७०० भन्दा बढी प्रहरी अधिकारीले कमाण्ड गर्नेछन् । साथै उनीहरुले सार्वजनिक सवारीमा पनि बाधा नहुने गरी सुरक्षा व्यवस्था चुस्त बनाउने जिम्मेबारी पनि पाएको पेरिस पुलिसका प्रशासक मिचेल क्याडोटले जानकारी दिए ।

सन् १९९८ को विश्वकप जितेसँगै जितको सेलिब्रेसनका क्रममा पेरिसका थुप्रै स्थानमा यातायात बन्द गरिएको थियो । तर अहिले त्यस्तो हुनेछैन । जसले जितेपनि जितको सेलिब्रेसनका लागि भनेर पेरिसको सडक खाली गराइनेछैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment