Comments Add Comment

रेनाटो सान्चेस भर्सेस पाउल पोग्वा

players (1)

रेनाटो सान्चेस

१८ बर्षीय युवा मिडफिल्डर रेनाटो सान्चेस पोर्चुगलका भावी स्टार हुन् त्यसमा दुई मत छैन । बेनफिकाबाट ४१ मिलियन युरोमा बार्यन म्यूनिख आबद्ध भएका यी किशोर खेलाडीले जारी युरोमा समूह चरणका खेलहरुमा धेरै मौका पाएनन् । त्यसैले पोर्चुगलको प्रदर्शनपनि कमजोर देखियो ।

जव नकआउट चरणदेखि उनी नियमित टोलीमा पर्न थाले त्यसपछि उनको खेलकला मात्रै होइन पोर्चुगलको प्रदर्शनमै आकाश जमिनको सुधार भयो । निडर शैलीबाट विपक्षीलाई छक्याउँदै बल अगाडि बढाउने उनको शैलीले उनी जारी युरोकै उत्कृष्ट युवा खेलाडीको रुपमा दरिएका छन् ।

पोल्याण्डबिरुद्ध बराबरी गोल फर्काएर पोर्चुगललाई जीवनदान दिएका यी युवा खेलाडीलाई पोर्चुगिज टोलीबाट रोनाल्डोको बिकल्पको रुपमासमेत हेरिएको छ ।

पाउल पोग्वा

पाउल पोग्वाको प्रदर्शन जारी युरोमा मिश्रित छ । उनले सबै खेलमा राम्रो खेलिरहेका त छैनन तर नराम्रो प्रदर्शनपनि उनको छैन । तर उनी एक्लैले खेलको नतिजा फरक पार्नसक्ने स्तरका खेलाडी भने हुन् ।

युभेन्टसका यी स्टार खेलाडीले फ्रान्सको मध्यक्षेत्रमा मुख्य खेलाडीको भूमिकामा रहनेछन् । दिमत्री पायेट र माउसा सिसिकोसँगको समन्वयमा यिनले फर्वार्डलाई बल पास गर्न र तेज आक्रमण बुन्न माहिर मानिन्छन् यिनी ।
समूह चरणका खेलहरुमा निराशाजनक प्रदर्शन गरेपनि नकआउट रचणमा भने उनले सन्तोषजनक प्रदर्शन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment