Comments Add Comment

सेलिब्रेसनको लागि बस तयार थियो तर, फ्रान्स हार्‍यो

Bus

काठमाडौं । युरो २०१६ मा घरेलु टोली हुनाको साथसाथै फ्रान्स उपाधिको प्रमुख दावेदार थियो । तर, उत्तरी पेरिसको सेन्ट डेनिसस्थित स्टेड डि फ्रान्समा फ्रान्सलाई जिल्ल पार्दै पोर्चुगलले ऐतिहासिक रुपमा युरोको उपाधि हात पार्‍यो ।

यो फ्रेन्च नागरिकले गरेको अपेक्षा अनुरुप थिएन । पेरिसमा खेल सुरु हुनुभन्दा अघिदेखि नै फ्रान्सेलीहरुले जितको सेलिब्रेसन गर्न थालिसकेका थिए ।

र यस्तो लाग्थ्यो कि फ्रान्स फुटबल संघ समेत फाइनलमा आफ्नो टोलीले जित्नेमा निक्कै आत्मविश्वासी देखिन्थ्यो । यसको प्रमाण युरो जितेको स्लोगनसहित सजिसजाउ बस पेरिसको सडकमा गुडेको देखिन्थ्यो, जतिबेला फाइनल सुरु भएको समेत थिएन ।

हेनरी लेगराण्ड नाम गरेका एक यात्रीले त्यस बसको भिडियो खिचेका थिए । निलो रंगको जुन बस पोर्चुगलबिरुद्धको फाइनलअघि पेरिसको रेन्नेस-एंगर मार्गमा गुडिरहेको अवस्थामा भेटिएको थियो ।

एउटा ठूलो स्पोर्टिङ बसमा फ्रेन्च टोलीको मस्कट टाँसिएको थियो । बसको दुई पाटामा ठूलो सेतो अक्षरमा लेखिएको थियो, ‘च्याम्पियन्स डी’युरोप’ र ‘मेर्की’

Bus1

यसमा एकाथरीको तर्क छ कि जितको सेलिब्रेसनका लागि एक दिन अगाडि नै बस तयार गर्नु उपयुक्त थियो तर, अर्काथरी के मान्छन् भने सायद फ्रान्सले जितको सेलिब्रेसन गर्न कम्तिमा अन्तिम सिठ्ठी कुर्न सक्नुपर्थ्यो ।

पहिलो हाफको २५ औं मिनेटमै सुपरस्टार क्रिष्टियानो रोनाल्डो चोटग्रस्त भएपछि डिडियर डेसच्याम्पको टोलीलाई उपाधि हात पार्न सहज हुने अनुमान गरिएको थियो ।

टोलीलाई केहि उपलब्धि दिलाउन न्युकाशलका मोउसा सिसिको केहि प्रभावकारी बन्नसक्ने देखिएका थिए । अधिकांश समय रक्षात्मक खेलेको पोर्चुगलले फ्रान्सलाई गोल गर्न दिएन । खेलमा नियमिन ९० मिनेटपछिको इन्ज्यूरी समयमा सब्सिच्युड स्ट्राइकर आन्द्रे पिएरे गिग्नाकको प्रहार पोष्टमा लागेर बाहिरिनु फ्रान्सका लागि दुर्भाग्य बन्यो ।

तर, स्वान्सीका असफल स्ट्राइकर एडरले अतिरिक्त समयमा डिबक्स बाहिरबाट उत्कृष्ट गोल गर्नै घरेलु टोलीलाई स्तब्ध पारे भने मुलुकका लागि ऐतिहासिक उपलब्धि दिलाए ।

उनैको गोलले फ्रान्सले युरोको इतिहासमा विजेताको रुपमा यसपटक नाम लेखाउन सकेन र जित सेलिब्रेसनको लागि पूर्वतयारीका साथ सजाइएको बसपनि प्रयोगमा ल्याउन पाइएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment