Comments Add Comment

गोल्डेन बुट ग्रिजम्यानले पाए, उत्कृष्ट युवा खेलाडी सान्चेस

Griezman

काठमाडौं । युरो २०१६ को उपाधि भलै घरेलु टोली फ्रान्सले जित्न सकेन तर, उत्कृष्ट खेलाडीको दुई पुरस्कार भने फ्रान्सेली स्टारहरुले पाएका छन् ।

प्रतियोगितामा सर्बाधिक गोल गरेर गोल्डेन बुटको उपाधि एन्टोइन ग्रिजम्यानले पाएका छन् भने प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका मिडफिल्टर दिमित्री पायेत उत्कृष्ट खेलाडी चुनिएका छन् ।

टिममेट ओलिभर जिरोर्ड र पोर्चगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोलाई पछि पार्दै ग्रिजम्यानले गोल्डेन बुट पाएका हुन् । प्रतियोगितामा उनले सर्बाधिक ६ गोल गरे ।

उनले प्रतियोगिताको आफ्नो दोस्रो खेलमा अल्वानियाबिरुद्ध खेलको अन्त्यतिर गोल गर्दै युरोमा गोलको सुरुवात गरेका थिए । एथ्लेटिको मडि्रडका गोलमेसिन उनले नकआउट चरणमा त कमालै गरे ।

प्रतियोगिताको प्रि-क्वार्टरफाइनलमा आयरल्याण्डबिरुद्ध विजयी दुई गोल गरे । त्यस्तै क्वाटरफाइनलमा आइसल्याण्डलाई ५-२ ले हराउँदा उनले आफ्नो गोल ट्यालीमा १ गोल थपे । सेमिफाइनलमा जर्मनबिरुद्ध त उनी नायक नै सावित भए । उनले विश्वविजेता जर्मनलाई सेमिफाइनलबाट घर पठाउने क्रममा २ गोल गरे ।

सन् १९८४ को युरोकपपछि उनी युरोकपमा सबैभन्दा धेरै गोल गर्ने पहिलो खेलाडी पनि बने । फ्रान्सेली टोलीबाटपनि उनले यो कीर्तिमान बनाएका छन् । त्यस युरोमा लेजेण्ड मिचेल प्लाटिनीले ६ खेलमा ९ गोल गरेर कीर्तिमान कायम गरेका थिए । गि्रजम्यानले ७ खेलमा ६ गोल गरे ।

गोल्डेन बुट ग्रहण गरेपछि ग्रिजम्यानले भनेका थिए कि ‘हुनसक्छ भविश्यमा यो उपाधिले मलाई गौरवान्वित बनाउनेछ । तर अहिले यो समूहको लागि हो । यो मेरा टिममेटका लागि निक्कै निराशाजन क्षण हो,’ २५ बर्षीय स्ट्राइकरले भने, ‘वास्तवमा मैले प्रतियोगिताको ट्रफी उनीहरुलाई दिन चाहन्थेँ, तर अपसोच मैले फाइनलमा गोल गर्न सकिनँ ।’

उनले यो फाइनल जीवनकै सबैभन्दा दुःखद क्षण भएको पनि औल्याए । उनले भने, ‘तर हामीले यसबाट सिक्नुपर्छ । तर हामीले यो खेलमा शतप्रतिशत योगदान गरेका हौं ।’

क्रिष्टियानो रोनाल्डोले प्रतियोगितामा ३ गोल र ३ एरिष्ट गरे बापत सिल्भर बुट पाए भने ३ गोल र २ एरिष्ट गरेका फ्रान्सेली स्टार ओलिभर जिरोर्डले ब्रोन्ज बुट पाए ।

उत्कृष्ट खेलाडीः दिमित्री पायेट

Payet
यता प्रतियोगितामा फ्रान्स असफल रहेपनि उत्कृष्ट खेलाडीको अर्को पुरस्कार पनि फ्रान्सेली स्टार दिमित्री पायेटले पाए ।  युरो २०१६ अघिसम्म वेष्टहृयाम मिडफिल्डर पायेटलाई थोरैले चिनेका थिए । तर, रोमानियाबिरुद्धको पहिलो खेलमा नायकी प्रदर्शनपनि उनी विश्व फुटबलमा एकाएक चम्किए ।

फ्रान्सेली टोलीको मिडफिल्डको नेतृत्व यसपटकको युरोमा पाउल पोग्वाले गर्ने धेरैको अनुमान थियो । तर उनले अपेक्षाकृत प्रदर्शन गर्न नसकिरहँदा पायेटले फ्रान्सको उद्धार गरे । प्रतियोगितामा उनको गोलसङ्ख्या ३ भएपछि फ्रान्सका प्रत्येक गोलमा पायेटको कतै न कतैबाट योगदान थियो ।

रोमानियासँग उनले खेलको अन्त्यतिर बिजयी गोल गरे । दोस्रो खेलमा अल्वानियालाई हराएर फ्रान्सलाई समूहको एक खेल अगावै नकआउट चरणमा पुर्‍याउने क्रममा निर्णायक गोलपनि उनकै थियो । त्यस्तै क्वाटरफाइनलमा फ्रान्सले आइसल्याण्डको पोष्टमा ५ गोल गर्दा १ गोल पायेटले पनि गरेका थिए ।

उत्कृष्ट युवा खेलाडीः रेनाटो सान्चेस

Sanches
१८ बर्ष ३२८ दिनमा युरोमा डेब्यु गरेर युरो इतिहासमै सबैभन्दा कान्छा खेलाडीको रुपमा क्रिष्टियानो रोनाल्डोको कीर्तिमान तोडेका पोर्चुगिज किशोर खेलाडी रेनाटो सान्चेसले आगामी दिनमा रोनाल्डोका अन्य कीर्तिमानहरुपनि तोड्नसक्ने संभावना प्रस्तुत गरेका छन् । उनलाई पोर्चुगलका लागि रोनाल्डोको बिकल्प मान्नेहरु धेरै छन् ।

क्वाटरफाइनलमाा पोल्याण्डबिरुद्ध विश्वस्तरीय गोल गरेर उनले आफुलाई प्रमाणित गरिसकेका छन् । मिडफिल्डमा डिफेन्सिभ र एट्याकिङ दुवै पोजिसनलाई न्याय गर्न सक्ने यी युवा खेलाडी यस युरोका उत्कृष्ट युवा खेलाडी हुन् ।

सन् १९९४ को जनवरी १ यता जन्मिएका फुटबलरहरुबीचबाट उत्कृष्ट छान्ने क्रमामा युइएफएका चिफ टेक्निकल अफिसर लोन लुपेस्कु साथै सर एलेक्स फर्गुसन र एलाइन गिरेस्सेलाई बिजेता छान्न गाह्रो परेन । किनकि फाइनलिष्ट टोली पोर्चुगलमा यी खेलाडी अन्यभन्दा उत्कृष्ट थिए ।

उनी युरोकपको फाइनल खेल्ने सबैभन्दा कान्छा खेलाडीमात्र होइनन्, युरोका सबैभन्दा कान्छा बिजेतासमेत हुन् । उनी यसै सिजनदेखि बेनफिकाबाट जर्मन च्याम्पियन बार्यन म्यूनिखमा आबद्ध भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment