Comments Add Comment

विश्वकर्माको ‘ऐना’ युएईमा

aaina frontदलित परिवारमा जन्मिएका गगन बिक सानैदेखि भावुक प्रकृतिका थिए । एक दिन बाग्लुङको एक गाउँमा वनभोज जाँदा ५ जना दलित साथीहरुमाथि छूवाछुत गरेपछि उनमा विद्रोह पलायो । उनीहरुलाई कथित तल्लो जात भनी अलग राखेर भोजनका लागि स्थान छुट्याइयो । कथित उच्च वर्गका साथीले हात धोएको पानी हावाले उडाएर अरु साथीहरुलाई छिटा परेपछि उनीहरुले तथानाम गाली खाए ।

त्यो अपमानको पीडा भुल्न नसकेका गगनले विद्रोह गर्न सक्दैन थिए ऊबेला । तर आज, त्यो दिनको नबिर्सिने घटनालाई शब्दमा उतारी गायक शिव परिवारको स्वरमा एक कर्णपि्रय गीत सिर्जना गरेका छन् ।

ए हावा मलाई नछोएर चल
मलाई छोए नछुनु अरुलाई
यो पापी समाजले अछूत भन्छन्, मलाई अछूत भन्छ मलाई

घरको आर्थिक अवस्था र सामाजिक परिवेशले गगनले समयमै केही गर्न सकेनन्  । गीतसंगीतको सपना देखेका गगन देशमै अटाएनन् । लागे ८ वर्षअघि रोजगारीको सिलसिलामा युएई ।

परदेश आएपछि दिनरातको जागिरले उनका सपनाहरु बालुवामा पानी हराए जस्तै सुकेर गए केही वर्षहरु । मनमा संगीतमोह जो दबिएर बसेकै थियो ।

परदेशको जागिरमा करिब ६ वर्ष जोतिएपछि उनको संगीतप्रेम बौरिएर आयो । सामाजिक सञ्जालमा खेम बिश्वकर्मा र पुष्कर सुनुवारसँग भेट भएपछि उनको मुर्झाएको संगीतमोह एकाएक जाग्यो ।

खेम बिश्वकर्मा र पुष्कर सुनुवारले धेरै म्युजिक भिडियोमा काम गरेका थिए । गगनले गीत लेखन, गायन, संगीत, छायांकन र सम्पादनमा हात हाल्दै गए । इच्छाशक्ति भएपछि असम्भव के छ र ?

उनै गगन आगामी १५ जुलाईमा ‘ऐना’ नामको एक आधुनिक गीति एल्बम सार्वजनिक गर्ने तयारीमा छन् । सन्ध्या म्युजिकको प्रस्तुति रहेको यस गीतिसंग्रहमा गायक शिव परियार, पुष्कर सुनार, मनोजराज शिवाकोटी र गायिका रिता सुनारले स्वर भरेका छन् । यस गीतिसंग्रहमा ‘ए हावा मलाई नछोएर चल…’, ‘धन्यबाद माया गर्नेलाई…,’ ‘भन्न सकिन तिमीलाई माया गर्छु भनेर…’, ‘निराश जीवनको जिउने आशा भैदिए….’ जस्ता बोलका ५ वटा गीत रहेका छन् ।

गीतमा कोही मायाबाट पीडित अभिव्यक्ति छन्, कोही कसैको मायाको खोजीमा छन् । उनका गीतमा जातीय भेदभावको विरोध साथै सामाजिक विभेदको सिकार भएका छन् ।
ऐना एल्बम भित्रको एक गीतको म्युजिक भिडियो पनि सार्वजनिक हुने भएको छ । कुलेन्द्र बिश्वकर्मा र केकी अधिकारीको अभिनयमा बनेको उक्त म्युजिक भिडियोको निर्देशन खेम बिश्वकर्मा ‘किमोस’को रहेको छ ।

बिकको प्रथम आधुनिक गीतिसंग्रह ‘ऐना’को विश्वकर्मा समाज नेपाल युएईको प्रथम वाषिर्कोत्सवको दिन विमोचन हुने भएको छ ।

विश्वकर्मा समाज नेपाल युएईका सहसचिव समेत रहेका बिक परदेशको आफ्नो जागिरबाट बचेको समयलाई सदुपयोग गरी बाल्यकालमा आफूले भोगेको जातीय छुवाछूत जस्ता कुप्रथालाई शब्द संगीतमा उतारेर यस एल्बमलाई तयार पारेका छन् ।
खेम बिक, पुष्कर सुनार, विश्वकर्मा समाज, युएईको विशेष सहयोग रहेको यस गीतिसंग्रह निर्माणको लागि आमाबुबा, र पि्रया रीतु सुनारको सहयोग रहेको बिकले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment