Comments Add Comment

भिडियोकी हट सुप्रिया, अब बनिन् गायिका

1 (22)
म्यूजिक भिडियोमा रुची राख्ने दर्शकले मोडल सुप्रिया कटुवाललाई राम्रैसँग चिन्छन् । किनकी, उनले आजसम्म ७० वटा म्यूजिक भिडियोमा मोडलिङ गरिसकेकी छिन् । मलेसिया, सिंगापुर, कतार, दुबइमा छायांकन भएका केही भिडियोमा पनि यी सुन्दरी देखिएकी छिन् ।

केही दिन अगाडि काठमाण्डौमा आयोजित ‘म्यूजिक खबर म्यूजिक अवार्ड’मा सुप्रियाले उत्कृष्ट मोडलको रुपमा अवार्ड पाइन् । उनले अभिनय गरेकामध्ये ‘रातो टिका, ए चरी, किन रुवायौ, एउटै छ धोको, दिन राता सानु’ लगायतका भिडियो चर्चित छन् ।
1 (18) 1 (19)
नेपाली म्यूजिक भिडियोमा अहिले थुप्रै अुनहार देखिने भएकाले पनि दर्शकमाँझ परिचित हुन धेरै नै मिहिनेत गर्नुपर्ने सुप्रिया बताउँछिन् । उनले हालै मात्र एक तीज गीतमा आवाज दिएकी छिन्, जसको म्यूजिक भिडियो छायांकन भैसकेको छ ।

उनले आवाज भरेको ‘ब्यूटी नम्बर १’ बोलको तीजको गीत केही दिनमै बजारमा आउँदैछ । 1 (17) 1 (20)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment