Comments Add Comment

करिनाले मिडियालाई भनिन्-‘म गर्भवती भएकी हुँ, मरेकी हैन’

kareena kapoor
बलिउड नायिका करिना कपुर गर्भवती भएको खबर अहिले मिडियामा सर्वाधिक चर्चामा छ । करिनाको गर्भवतीको समाचार र तस्बिर सार्वजनिक गर्न भारतीय मिडियामा होडवाजी नै चलेको छ ।

हालै मात्र एक इन्टरभ्यूका क्रममा करिना मिडियासँग खुबै रिसाइन् । उनले मिडियालाई आफ्नो गर्भवतीको खबरलाई राष्ट्रिय मुद्दा नबनाइदिन आग्रह गरिन् ।
करिना अहिले रीया कपुरको नयाँ चलचित्र ‘वीरा दी शादी’मा काम गरिरहेकी छिन् ।

उनलाई यही बिषयमा प्रश्न सोधिएको थियो । तपाइले चलचित्रबाट केही समयका लागि बिदा लिएर किन आराम गरिरहनु भएको छैन भन्ने प्रश्नमा करिना रिसाइन् । उनले भनिन्-‘म गर्भवती भएकी हुँ, मरेकी हैन ।’ उनले यसका लागि किन छुट्टी लिनुपर्‍यो भन्दै प्रश्न गरिन्-‘सन्तान जन्माउनु यो धर्तीका लागि सामान्य कुरा होइन र ?’

एउटा सामान्य कुरालाई पनि मिडियाले ठूलो बिषय बनाइदिएको भन्दै करिनाले आफूलाई फरक मानिस जस्तो देखाउन बन्द गर्न आग्रह गरिन् । उनले आफू गर्भवती हुँदा जसलाई सहज लाग्दैन उसले आफूसँग काम गर्न नसक्ने भन्दै आफ्नो काम नरोकिने पनि बताइन् ।

करिनाले बिहे गर्ने र बच्चा जन्माउने कुरा आफ्नो करिअर भन्दा अगाडि आउन नसक्ने समेत बताइन् । उनले संसार सन् २०१६ मा आइपुग्दा पनि मिडियाले सन् १८०० को जस्तो व्यवहार देखाएको भन्दै दुख व्यक्त गरिन् । करिनाले डिसेम्बरमा बच्चालाई जन्म दिदैछिन् । करिनाले आफ्ना शुभचिन्तकलाई धन्यवाद समेत दिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment