Comments Add Comment

५ केजी घटिन् केकी, ‘ऐश्वर्या’को लागि हुँदैछ यस्तो तयारी

Keki Adhikari (1)
अमेरिका पुगेर फर्किएपछि नायिका केकी अधिकारी खुबै मोटाएकी थिइन् । केकीले अमेरिकामा वर्गर खाएर आफू मोटाएको प्रतिक्रिया दिएकी थिइन् । नेपाल आएपछि उनको फिगरलाई लिएर मिडियामा आलोचना भयो । यसपछि भने उनी केही गम्भिर देखिइन् ।

यसपछि योगा-व्यायम गर्न थालेकी केकी २ महिनामै आफू ५ केजी घटेको बताउँछिन् । उनको यो तयारी शरीर मेन्टेनका लागि मात्र नभएर चलचित्र ‘ऐश्वर्या’को लागि पनि हो । दिवाकर भट्टराइको निर्देशनमा तयार हुन लागेको यो चलचित्रलाई रमेश उप्रेतीले निर्माण गर्दैछिन् । Keki Adhikari (3) Keki Adhikari (4)
केकी आफूले चिल्लो खान छाडेको बताउँछिन् । साथमा मासु पनि निकै कम खान थालेको र जुम्बा जान थालेको केकीले सुनाइन् । नेपाली चलचित्रको पर्दामा देखिने कलाकारहरुको फिगरमै चर्को आलोचना हुने गरेको पाइन्छ । फिगरका कारण आलोचित हुने कलाकारको सूचीमा केकी पनि पर्छिन् । सायद, अब भने केकी केही गम्भिर भइन् कि ?Keki Adhikari (6) Keki Adhikari (7)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment