Comments Add Comment

गुगल प्ले स्टोरमा गलत एप किन्नुभयो ?

google play storeगुगल प्ले स्टोरमा १७ लाख एप छन् । तर सबै एपहरु यस्ता छैनन् जो तपाइँ निशुल्क रुपमा डाउनलोड गर्न सक्नुहुन्छ । कतिपय एपहरु डाउनलोड गर्नका लागि तपाइँले गुगल  प्ले स्टोरलाई पैसा तिर्नुपर्छ ।

पैसा तिरेर किनिसकेका एपहरु आफ्ना लागि कामै नलाग्ने खाले रहेछन् भने के गर्ने ?पैसा त बिथ्थामा खेर जाने भो । तर होइन, तपाइँले त्यस्ता एपहरु फिर्ता गर्न पनि सक्नुहुन्छ । यद्यपि सबैखाले एपहरु फिर्ता गर्न भने सकिँदैन ।

पैसा तिरेर डाउनलोड गरिसकेका कस्ता खाले एप कसरी फिर्ता गर्ने भन्ने बारेमा जान्नका लागि गुगलको एप पोलिसी राम्रोसँग पढ्नुहोस् । यदि तपाइँले डाउनलोड गरेको एप फिर्ता गर्न मिल्ने भएमा ३ देखि ५ दिनसम्ममा पैसा फिर्ता हुने दाबी गुगलको छ ।

पहिले यस्तो पैसा फिर्ताको विषयमा प्रयोगकर्ताले त्यस्तो डाउनलोड गरिएको एपको बारेमा १५ मिनेट भित्रमै गुगललाई जानकारी गराउनु पर्दथ्यो । तर यति छोटो समयमा उक्त एप काम लाग्ने वा नलाग्ने छुट्टाउन निकै गाह्रो थियो ।

गुगल प्ले स्टोरलाई आजकल ४ भागमा बाँडिएको छ । मूभिज, म्यूजिक, बक् तथा न्यूजस्टाण्ड । अब नयाँ नीति लागू भैसकेपछि पैसा फिर्ता हुने नहुने कुरा यी मध्ये कुन भागबाट एप डाउनलोड गरिएकेा हो भन्ने कुरामा निर्भर हुन्छ ।

एपका लागि पैसा फिर्ता गर्ने अधिकतम समयसीमा ४८ घण्टा हो । तर यदि कसैले तपाइँको कार्ड वा अकाउण्टबाट जानी नजानी गलत एप खरीद गरेको हो भने त्यसका लागि गुगलले ६५ दिनसम्म पनि पैसा फिर्ता गर्न सकिने जनाएको छ ।

इदि डाउनलोड गरेको दुइघण्टा भन्दा धेरै समयपछि एपलाई फिर्ता गर्नुछ भने त्यसका लागि एक अनलाइन र्फम भर्नुपर्ने हुन्छ । गुगल अकाउन्टमा लगइन गरेर यो फाराम प्राप्त गर्न सकिन्छ ।

ऋाफ्नो गुगल प्ले स्टोरको अकाउन्ट सेक्सनमा गएर अर्डर हिस्ट्री अप्सनमा जानुहोस् । त्यहाँ तपाइँले कुन एप किन्नभएको छ भन्ने पूरै विवरण देखिन्छ । जुन एप फिर्ता गर्नुछ सोही एपको रिफन्ड नामक अप्सनमा क्लिक गर्नुहोस् र त्यसपछि पैसा फिर्ता लिने काम सुरु हुन्छ ।

इदि ४८ घण्टा भनदा धेरै समय भैसकेको छ र तपाइँले र्फम भर्नुभएको छैन भने त्यसपछि पैसा फिर्ता गर्ने दायित्व गुगलको नभै एप बेच्ने कम्पनीको हुन्छ ।

गुगलल प्ले स्टोरबाट एप खरीद गर्नका लागि त्यसमा आफ्नो क्रेडिट कार्ड नम्बरको बारेमा जानकारी दिनुपर्ने हुन्छ । त्यसपछि प्रयोगकर्ताको स्मार्टफोनमा एक पासवर्ड आउँदछ ।

जसको क्रेडिट कार्डको प्रयोग गरिएको हुन्छ उक्त वित्तिय संस्थाको वेबसाइटमा गएर सोही पासवर्ड हालिदिएपछि मात्र एपको खरीद पूरा हुन्छ । त्यसैले अब क्रेडिट कार्डको जानकारी गुगललाई दिनु पनि सुरक्षित छ र प्रयोगकर्ताको जानकारी विना कसैले कुनैपनि एप खरीद गर्न सक्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment