Comments Add Comment

यूरोपमा २०१५ मा सबैभन्दा धेरै आतंकवादी हमला

global_terror_attacks६ साउन, काठमाडौं । यूरोपियन संघका देशमा २०१५ मा रेकर्ड संख्यामा आतंकवादी हमला भएका छन् ।

यूरोपियन यूनियनको कानून व्यवस्था लागू गर्ने एजेन्सी यूरोपोलको एक रिपोर्ट अनुसार २०१५मा यूरोपियन देशमा २११ चरमपन्थी भएका छन् ।

रिपोर्टमा ब्रिटेनमा सबैभन्दा धेरै हमला भएको उल्लेख गरिएको छ । ब्रिटेनमा कुल १०३ हमला भएका छन् । फ्रान्समा सबैभन्दा धेरै सुनियोजित ७२ हमला भएको रिपोर्टमा उल्लेख गरिएको बीबीसीले जनाएको छ ।  यसपछि स्पेनमा २५ चरमपन्थी हमला भएको उल्लेख गरिएको छ ।

सन् २००६ पछि यो सवैभन्दा धेरै संख्यामा गरिएको आक्रमण हो । यूरोपियन यूनियनका देशमा यी हमलामा ६८७ हमला इस्लामिक स्टेटको हमला थिए ।

रिपोर्ट अनुसार अहिलेपनि न्यूक्लियर पावर प्लान्ट तथा परमाणु हतियार केन्द्र चरपन्थीको निशानामा रहेका छन् । यसका साथै आक्रमणकारीले पानी केन्द्रहरुमा नजर लगाएका छन् । उनीहरुले यस्ता केन्द्रलाई दुषित पार्ने योजना बनाएको रिपोर्टमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment