Comments Add Comment

एक दिनमै ८ हजार पटक हाछ्युँ गर्छिन् यी किशोरी

iraएकसाथ दुइचार पटक हाछ्यूँ आउनु त सामान्य कुरा हो तर कुनै मानिसले एक दिनमा ८ हजार पटक हाछ्यूँ गर्छ भने उसको हालत के होला ? बेलायतमा बस्ने भारतीय एक बालिकामा धेरै हाछ्यूँ आउने रोग नै छ । उनी एक दिनमा ८ हजार पटक हाछ्यूँ गर्दछिन् ।

इरा सक्सेना नामकी बालिका ३ हप्ता पहिले सम्म सामान्य थिइन् । तर एकाएक एक दिन  बिहान यी ९ वर्षे बालिका जब बिउँझिइन् तब एकाएक उनलाई हाछ्यूँ आउन सुरु गर्यो । सुरुमा त इराकी आमा प्रियालाई छोरीको हाछ्यूँ सामान्य लाग्यो । तर जब इरा लगातार घण्टौँसम्म हाछ्यूँ गरिरहिन् तब छोरीलाई चिसो वा एलर्जी भएको हुनसक्ने अड्कल काटिन् ।

इराकी आमाले छोरीलाई विभिन्न औषधि पनि खुवाइन् । तर हाछ्यूँ रोकिएन, बढ्दै गयो । उनी अहिले दिनमा ८ हजार पटक सम्म हाछ्यूँ गर्छिन् वा मिनेटमा औषतमा ६ पटक सम्म ।

केवल सुतेको बेला मात्र होइन उठेपछि पनि उनलाई लगातार हाछ्यूँ आइरहेको हुन्छ । यसका कारण उनी स्कूल जानपनि पाएकी छैनिन् । खानपिन गर्न पनि मुस्किल भएको छ । डाक्टरहरुले पनि उनको समस्याको कारण पत्ता लगाउन सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment