Comments Add Comment

नेपाल प्रदर्शनी तथा अन्तरराष्ट्रिय ब्यापार मेला बारे जनचासो र वास्तविकता

nepal exhibitionनेपाल प्रदर्शनी तथा अन्तरराष्ट्रिय ब्यापार मेला बारेमा अमेरिकाका नेपाली समुदायका केहि संचार माध्यममा प्रकाशित समाचार प्रति  उक्त मेलाका अध्यक्ष बुद्धि प्रसाद रेग्मीले यसका बिषयमा प्रस्ट पार्न छापा बिज्ञप्ति जारी गरेका छन् ।

यस कम्पनीको आफु अध्यक्षको हैसियतले यो ठुलो महत्वाकांक्षी परियोजना भएको र जन सरोकार भएकोले प्रस्ट बनाउन चाहेको बताएका छन् ।  सामाजिक संजालमा आएका तथा लेखिएको कुरा संग आफु प्रतिबाद तथा बचाऊ गर्न भन्दा वास्तविकता गर्न चाहेको बताएका छन्  ।

उनले स्पस्ट बनाउदै उनको कम्पनि डब्लुबिएमसी ,एलएलसी २०१४ सालबाट अमेरिकामा आफ्ना विभिन्न गतिबिधि संचालन गर्दै आएको सम्पूर्ण अमेरिकीबासी नेपाली तथा भुटानी नेपाली समुदाय र अन्यत्र पनि जानकारी भएको कुरा उल्लेख गरेका छन् ।

डब्लुबिएमसी ,एलएलसी (WBMC LLC )ले सेप्टेम्बर ३० देखि अक्टोबर ०२ सम्म आयोजना गरेको “नेपाल प्रदर्शनी तथा अन्तर्राष्ट्रिय ब्यापार मेला” नितान्त नेपाली उत्पादन ,नेपाली उधोगी तथा निर्यातकर्ताहरु को लागि एक  ठुलो गन्तब्य हो भने नेपाली मात्रको लागि नेपालीले नै आयोजना गरेको ठुलो र भब्य ब्यापार मेला हो ।

यो मेला मा ३२३ वटा नेपाली कम्पनी ले भाग लिने अवसर पाएका छन् ।  सम्पूर्ण ब्यापारीहरुको लागि हामीले तोकेका सामान्य प्रक्रिया पुरा गरि तोकेको शुल्क तिरी भाग लिन पाउने व्यवस्थापन गरिएको हो भनि उल्लेख गरेका छन् ।

अमेरिकाको मेलाको लागि आउने तयारीमा जो उद्यमी तथा ब्यबसायी हुनू हुन्छ, कहि कसैले हाम्रो अधिकारीक वेबसाइटमा उल्लेखित रकम भन्दा बढी नतिर्न भनि गत अप्रिल ३ तारिख २०१६ बाट विभिन्न सूचना मार्फत जानकारी गराईएको उल्लेख गरेका छन् ।

कति जना र कस्ले १५,२०,३०,४०, र ५० लाख कसलाई तिरेका रहेछन प्रमाण पेस गर्नको लागि पनि उनले अनुरोध गर्दै यसमा कोहि व्यक्ति या संस्था संलग्न भएको पाईएमा कारवाही प्रक्रिया अगाडी बढाईने बताएका छन् ।

उनले अगाडी भनेका छन् कम्पनिको बारेमा पूर्ण जानकारी नलिइकन कलम चलाईएको महसुस भएको आफुलाई लागेको भन्दै  मेला ३ घण्टाको लागि हैन ३ दिन को मेला भएको प्रस्ट परेका छन् l मेला गर्ने स्थान र त्यसको महत्वको बारेमा पनि अध्ययन गर्नु हुन अनुरोध गरे मेलाको लागि लाग्ने खर्च र त्यो मेला गर्ने स्थानको भाडा र अन्य खर्च को बारेमा जानकारी लिनुहुन समेत अनुरोध गरेका छन्  ।

म्यन्हाय्टन न्युयोर्क पिएर ९२, मात्र मेला र प्रदसनी गर्ने थलो र न्यु योर्कको दोस्रो महँगो र प्रख्यात ठाउँ हो भन्दै ५ दिनको भाडा,सुरक्षा ,ईन्टरनेट  तथा बुथ व्यवस्थापन को खर्च मात्र ३ लाख पैतिस हजार डलर खर्च तिरी भाडामा लिएको कुरा सबैमा जानकारी गराएका छन्  ।

मेलाको लागि सम्पूर्ण खर्च १.२ मिलियन डलर हुने अनुमान सहित सम्पूर्ण योजनाका साथ हामीले कदम अगाडी पनि जानकारी सबैमा हुदा राम्रो ,हामीले यो मेलामा भाग लिने कम्पनीहरुको लागि निश्चित शुल्क तोकेको कुरा पनि यहाहरु समक्ष जानकारी गराउ न चाहन्छौ भनेका छन् ।

मेलामा १०/१०,१०/२० र १०/३० गरि ३ आकारका बुथहरु रहेका छन् क्रमस $४९९९,$७९९९ र १०४९९ शुल्क बुथ को लागि मात्र तिर्नु पर्ने हुन्छ भने यदि होटेल र आतेजाते टिकेट सहित को प्याकेजको लागि $७४९९(२ जना ,१ कम्पनी)$१०४९९(३ जना ,१ कम्पनी) र $१४०९९(४ जना १ कम्पनी). १

यॊ मेला को लागि नेपालको सबै जसो ब्यबसायिक संस्थाहरुले साथ दिइरहेको कुरा पनि जानकारी गराउन चाहन्छु ।

एफएनसीसीई(fncci ) ले यो मेला मा आफ्नो संलग्नता छैन भने कुरा ,पत्र नम्बर १५८१ मिति २०७२ चैत्र ०२ गते प्रेसित पत्र को आधारमा हामीले उक्त संघ को लोगो प्रयोग गरिएकोमा हामी संग कुनै सरसल्लाह नै नगरी प्रोमोशन पार्टनरबाट हामी अलग भएको र लोगो प्रयोग नगर्नु भनि असार ६ र १६ गते को पत्र अनि उक्त संघको वेब साइटमा प्रस्तुत गरिएको कुराले हामीलाई पनि अप्ठेरो लागेको उल्लेख गरेका छन्  ।

मेला लाई सफल बनाउन को लागि हामीले न्युयोर्क टाइम्स ,वाल स्ट्रीट जर्नल तथा विभिन्न पत्र पत्रिकामा प्रचार प्रसार अगष्ट महिना को २५ तारिक बाट सुरु गरिनेछ  ।   न्युयोर्क सहर का मुख्य ४ चेम्बर ओफ कमर्सहरुको पूर्ण सहयोगमा यो मेला भब्य र सभ्य हुनेछ ( ग्रेटर न्यु योर्क चम्बर्स अफ कमर्स (GNCC ) म्यान ह्याटनचम्बर्स अफ कमर्स ( MCC ) क्विन्स चम्बर्स अफ कमर्स (QCC ) हड्सन काउन्टी चम्बर्स अफ कमर्स (HCCC ) यी चार संस्था संग सदस्यता लिई सकेको अवस्था छ भने कार्यनीतिको बिषयमा चांडो छलफल हुनेछ  ।

सम्पूर्ण नेपाली समुदाय र संघ संस्थाहरुको सहयोगको अपिलको लागि अगष्ट को २५ पछाडी टाउनहल सभाको आब्हान गरिने छ  ।  यो नितान्त ब्यबसायिक कार्यक्रम हो र नाफामुलक कम्पनी हो  ।  तथापी देश देशबासी प्रति उत्तरदायी हुने रेग्मीले बताएका छन्  ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment