Comments Add Comment

पुस्तकमा अनाथ बालकको पीडा

Aneruwa

सानैमा बाबुले छोडेर भागेपछि एक बालकको जीवनमा अनाथको पीडासँगै परिचयको संकट आइपर्‍यो । संयोगले ती अनाथ बालक अमृतकुमारले एक सहृदयीको साथ पाए ।

प्रजापति तिमल्सिनाले सडकबाट उठाएर उनको लालनपालन मात्र गरेनन्, अनेक हण्डर खेपेर नागरिकता समेत दिलाए । नागरिकता बनाउँदा गरेको त्यही संघर्षबारे लेखेका तिमल्सिनाले ‘अनेरुवा’ नामक कृति ल्याएका छन् ।

पुस्तकमा उनले अमृतको नागरिकता बनाउने क्रममा वर्षौँसम्म पाएका सास्ती लिपिबद्ध गरेका छन् । हालै काठमाडौंको मण्डला थिएटरमा आयोजित कार्यक्रममा पूर्वन्यायाधीश प्रकाशचन्द्र वस्ती, पत्रकार रवीन्द्र मिश्र र अधिवक्ता मीरा ढुंगानाले संयुक्त रूपमा पुस्तक लोकार्पण गरे ।

सो क्रममा पुस्तकका मूल पात्र अमृत शर्मा भक्कानिएर रोएका थिए भने लेखक तिमल्सिना पनि भावुक बनेका थिए । तिमल्सनाले अमृतको नागरिकता बनाउन गरेको संघर्षको चर्चा गर्दा कार्यक्रममा सबै भावुक भएका थिए ।

अमृतले आफू खुसी भएको भन्दै छोटो प्रतिक्रिया दिए । पूर्वन्यायाधीश वस्ती र अधिवक्ता ढुंगानाले अमृत जस्ता धेरैले नागरिकता पाउन अनावश्यक सास्ती पाउनुपर्ने अवस्था रहनुलाई विडम्बना भन्दै पुस्तक र लेखकको प्रशंसा गरे ।

यस्तै, पत्रकार मिश्रले तिमल्सिनामा परोपकारको उदाहरण देखिएको भन्दै अमृतलाई अब सबल भएर आफ्नो जस्तै स्थितिबाट गुज्रिएकालाई सहयोग गर्न अभिप्रेरित गरे ।

विमल आचार्यले सम्पादन गरेको पुस्तक सांगि्रला बुक्सले प्रकाशन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment