Comments Add Comment

पल्सर स्पोर्टस अवार्डमा फुटबलको बर्चस्व, नवयुग र फूपू उत्कृष्ट

sports award (2)

६ साउन, काठमाडौं । बर्ष २०७२ नेपाली फुटबलको लागि अविस्मरणीय रहृयो । त्यस बर्ष नेपाली टोलीले २३ बर्षको उपाधि खडेरी तोड्दै फुटबलमा दुई प्रमुख उपाधि भित्र्याएको थियो । त्यसैको प्रतिफल हो, नेपाली फुटबलले बिहीबार घोषणा भएको पल्सर स्पोर्टस अवार्डमा नौमध्ये ६ अवार्ड हात पार्न सफल भयो ।

बर्षको उत्कृष्ट खेलाडी, बषर्को उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, लाइफटाइम एचिभमेन्ट अवार्ड र स्पेसल अवार्ड फुटबल खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई प्रदान गरियो । नवयुग श्रेष्ठ, अन्जन बिष्ट, बालगोपाल महर्जन, श्रीराम रञ्जीतकार र स्वर्गीय ललितकृष्ण श्रेष्ठ क्रमसः यो भिन्न भिन्न अवार्डको हकदार बने । नेपाली राष्ट्रिय फुटबल टोलीलाई टिम अफ द इयरको रुपमा सम्मानित गरियो ।

यसका अलावा भारतमा भएको १२औं दक्षिण एशियाली खेलकुदमा जुडोबाट स्वर्ण जितेकी फूपू ल्हामू खत्री उत्कृष्ट महिला खेलाडी घोषित भइन् भने पिपुल्स च्वाइस अवार्डमा टेवलटेनिसकी नविता श्रेष्ठले धेरै समर्थकको मत पाइन् । त्यस्तै उत्कृष्ट पारा एथ्लिट अवार्डमा पारा तेक्वान्दोकी सिता भण्डारी चुनिइन् ।

उत्कृष्ट पुरुष खेलाडीः नवयुग श्रेष्ठ, फुटबल

sports award (7)

नेपालले बंगलादेशमा भएको बंगबन्धु गोल्डकप र भारतमा भएको १२औं सागको उपाधि जित्दाका प्रमुख स्ट्राइकर नवयुग श्रेष्ठले चार अन्तिम प्रतिष्पर्धीलाई पछि पार्दै उत्कृष्ट बर्षखेलाडी २०७२ को अवार्ड जिते ।

उनले टिममेट बिकेश कुथु, भारोत्तोलनका बिकास थापा, तेक्वान्दोका बिरबहादुर महरा र उसुका रोजेश चौधरीलाई पछि पारे ।

बंगबन्धु गोल्डकपका उत्कृष्ट खेलाडी घोषित नवयुगले राष्ट्रिय टोलीबाट डेब्यू गरेकै बर्ष नेपाली युटबलमा नवयुग ल्याइदिए । दुई प्रतियोगतिामा उनले नेपाली टोलीका लागि दुई हृयाटि्रकसहित ११ गोल गरेका थिए । घरेलु फुटबलमा पनि नेपाल आर्मी क्लवका गोलमेसिनको रुपमा रहेका नवयुग राष्ट्रिय लिगका उच्च गोलकर्ता हुन् । नेपाल आर्मी राष्ट्रिय लिगको उपबिजेता बन्दा उनको योगदान उल्ल्ेख्य थियो ।

उत्कृष्ट महिला खेलाडी, फूपूहृलामू खत्री, जुडो

sports award (5)

भारतमा भएको १२औं सागमा नेपालका लागि पहिलो स्वर्ण दिलाउने स्टार हुन् जुडोकी फूपूहृलामू खत्री । २०७२ सालमा जुडोकी यी स्टारले सागमा स्वार्णसहित अन्तर्राष्ट्रिय प्रतियोगितामा ५ पदक जितेकी छन् ।

उनले पौडीकी गौरिका सिंह, साग स्वर्ण बिजेता उसुकी नीमा घर्तीमगर, ट्रायथलनकी रोजा केसी र तेक्वान्दोकी रेजिना कार्कीलाई पछि पार्दै यो उपलब्धि हाँसिल गर्न सफल भएकी हुन् ।

उनले बर्ष २०७२ मा हंगेरी ओपन जुडोमा काश्यपदक, जुनियरतर्फ बुडापेष्ट कपमा स्वर्ण, हङकङ ओपनमा रजत र मकाउ ओपनमा काश्य पदक जितेकी छन् । २१ बर्षीय यी खेलाडीले आसन्न रियो ओलम्पिकमा जुडोबाट नेपालको प्रतिनिधित्व गर्दैछन् ।

बर्षको उत्कृष्ठ युवा खेलाडीः अञ्जन विष्ट, फुटबल

sports award (8)

नेपाली फुटबलले आशा गरेका युवा स्टार हुन् अञ्जन विष्ट । गत बर्ष उनले नेपाली टोलीबाट प्रतिनिधित्व गर्दै तीन ठूला उपाधि जिते । नेपाललाई २०७२ को भदौमा अण्डर नाइन्टिन साफ च्याम्पियनसीपको उपाधि, फागुनमा बंगबन्धु गोल्डकप र चैतमा सागमा स्वर्ण पदक उनले हात पारेको सफलता हो । घरेलु प्रतियोगितामा उनले एपीएफबाट खेलेर गएको राष्ट्रिय लिगमा २ गोल गरेका थिए ।

युुवा खेलाडीको मनोनयनमा परेका क्रिकेटका युवा स्टार सन्दीप लामिछाने, उसुकी नीमा घर्तीमगर, पौडीकी गौरिका सिंह र जुडोकी मनिता श्रेष्ठ प्रधानलाई पछि पार्दै अञ्जन बर्षको उत्कृष्ट युवा खेलाडी छनौट हुन सफल भए ।

बर्षको उत्कृष्ट प्रशिक्षकः बालगोपाल महर्जन, फुटबल

sports award (1)

नेपालर्ले अण्डर नाइन्टिन साफको उपाधि र बंगबन्धु गोल्डकपको उपाधि जित्दाका मुख्य प्रशिक्षक हुन् बालगोपाल महर्जन । एन्फा एकेडेमीमा प्रशिक्षक महर्जनले खेलाडी छँदा सन् १९९३ मा पाएको सफलतापछि नेपालललाई प्रशिक्षक बनेर अर्को सफलता दिलाए ।

उनले नेपाली अण्डर १९ च्याम्पियनसीप छनौटमा पनि नेपाली टोलीको प्रशिक्षण संहालेका थिए । महर्जन अहिले बंगलादेशको ब्रदर्स युनियन क्लवको मुख्य प्रशिक्षकको रुपमा कार्यरत छन् ।

महर्जनले फुटबलमै राजुकाजी शाक्य, जुडोका दलबहादुर गुरुङ, उसु थाउलोका प्रकाश महर्जन र क्रिकेटका जगत टमाटालाई पछि पारे ।

पिपुल्स च्वाइस अवार्ड, नविता श्रेष्ठ, टेवलटेनिस

sports award (4)

समर्थकको मतबाट छनौट गरिने यस विधामा यस पटक टेवलटेनिसकी स्टार खेलाडी नविता श्रेष्ठले हात पार्न सफल भइन् । २ लाख ८६ हजारभन्दा ब९ि एसएमएस भोटिङमध्ये उनले १ लाख ५० हजारभन्दा बढि मत पाइन् । पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेका फुटबलमा नवयुग श्रेष्ठ, भलिवलकी प्रतिभा माली, भारोत्तोलनकी तारादेवी पुन र क्रिकेटका सन्दीप लामिछानेलाई पछि पारिन् । भोटिङको दोस्रो र तेस्रो स्थानमा क्रमसः प्रतिभा र नवयुग रहे ।

नेपाली टेवलटेनिसमा महिला खेलाडीमा पछिल्लो ६ बर्षदेखि एकछत्र राज गरिरहेकी नविताको प्रतिस्पर्धीको रुपमा खेलाडीनै छैनन् भन्दा हुन्छ । घरेलु टेवलटेनिसमा एकछत्र राज गरिरहेकी नेपाल पुलिसकी यी स्टारले भारतमा भएको १२औं सागमा एलिना महर्जनसँग मिलेर महिना डवलमा काश्य जितेकी थिइन् ।

Pulasr award

स्पेसल अवार्डः ललितकृष्ण श्रेष्ठ, फुटबल (मरणोपरान्त)

नेपाली फुटबलमा विवादमा नपरेका थोरै व्यवस्थापकमध्येमा पर्छन ललितकृष्ण श्रेष्ठ । गत बर्षको जेठमा असामयिक निधन हुनुभन्दा पहिले उनी नेपाली फुटबलको कार्यबाहक अध्यक्ष थिए । नेपालको सफलमध्येको एक थ्रीस्टार क्लवका अध्यक्षपनि उनै थिए ।

नेपाली क्लव फुटबललाई अर्धव्यवसायिक बाटोमा लैजाने श्रेयपनि ललितकृष्ण श्रेष्ठलाई नै जान्छ । २०६१ सालदेखि थ्रीस्टारका लागि नविल बैंकसँग प्रायोजन सम्झौता गरेर नेपाली फुटबलमा प्रायोजनको थालनी गरेका श्रेष्ठकै पथमा अहिले क्लवहरु हिँडिरहेका छन् ।

सनैदेखि फुटबल खेलेका श्रेष्ठले थ्रीस्टारका लागि डि डिभिजनदेखि बी डिभिजनसम्म फुटबल खेलेका थिए । तर घुँडाको चोटका कारण उनले थ्रीस्टारबाट ए डिभिजन खेल्न पाएनन् तर व्यवस्थापकीय भुमिकामा रहे । २०५१ सालदेखि उनी एन्फाका कार्यसमितिमा थिए भने धेरैपटक एन्फाको विवाद समाधान गर्न सेतुको भूमिकामा देखिएका थिए ।

लाइफटाइम अचिभमेन्ट अवार्डः श्रीराम रञ्जीतकार, फुटबल

sports award (3)

नेपाली टोलीका पहिलो पुस्ताका खेलाडी हुन् श्रीराम रञ्जीतकार । राष्ट्रिय टोलीका आक्रामक डिफेण्डर रञ्जीतकार सन् १९८४ मा नेपालले जितेको पहिलो साफको उपाधि जित्दाका महत्वपूर्ण सदस्य हुन् ।

सन् १९९१ मा खेलका दौरान घुँडामा गम्भीर चोट लागेपनि पेनकिलर खाएर खेल्ने उनले धेरै पछिमात्र आफ्नो चोटका बारेमा जानकारी पाएका थिए । फुटबल जीवनपश्चात रेफ्रीको भुमिकामा पनि उनले लामो समय नेपाली फुटबलको लागि योगदान गरे ।

नेपाली फुटबलका जीवित हस्ती रञ्जीतकारलाई नेपाली पौडी र एथ्लेटिक्सका पनि टाइम टाइमकिपरको रुपमा हाम गरेका छन् । खेलकुद परिषदको जागीरबाट यसै बर्ष अवकास लिएका उनले घरेलु फुटबलमा महावीर क्लवबाट अरिलर सुरु गरेका थिए । त्यसयता उनले नेपालमा तत्कालिन समयका सबै क्लवबाट खेलेका छन् ।

उत्कृष्ट पारा-एथ्लिट अवार्डः सीता भण्डारी, पारा-तेक्वान्दो

sports award (1) (1)

दोलखाको दुर्गम गाउँमा जन्मिएकी सीता भण्डारीले ठूलो मेहनत र त्यागपछि पारा खेलकुदतर्फ सफलता हासिल गरेकी हुन् । ६ बर्षको उमेरमै आगोले पोलेर एउटा हात पूर्ण रुपमा क्ष्ुमाएकी उनले किशोराअवस्थामै पातापितासमेत गुमाइन् ।

एसएलसीपछि उच्चशिक्षाका लागि काठमाडौं आएकी यी स्टारले सुरुमा टेवलटेनिस र त्यसपछि फुटबल हुँदै तेक्वान्दोमा पाइला राखिन् । प्रशिक्षक कल्याण कुवँरले उनलाई प्रशिक्षण दिएका हुन् ।

२८ बर्षीय यी खेलाडीले गत बर्ष पारा तेक्वान्दोको विश्व च्याम्पियनसीपमा काश्य जितिन् भने मनिलामा भएको एशियाली प्रतियोगितामा पनि काश्य जितेकी छन् ।

टिम अफ द इयर, नेपाली फुटबल

team of the year

यो बर्ष नेपाली फुटबल टोलीका लागि सुखद रहृयो । घरेलु फुटबलमा भूकम्पले केहि असर गरेपनि अन्तर्राष्ट्रिय फुटबलमा भने नेपालले सिनियर र जुनियरसमेत गरी ३ उपाधि हासिल गर्‍यो । नेपालले लामो समयको उपाधि खडेरी तोड्दै बंगबन्धु गोल्डकप र १२औं सागमा स्वर्ण जित्न सफल भयो ।

यसअघि नेपालले अण्डर १९ साफ च्याम्पियनसीपको उपाधि जित्न सफल भयो । खेल मिलेमतो र बिभिन्न विवादकाबीच नेपाली टोलीले उल्लेखनीय प्रदर्शन गर्दै सफलता चुमेको थियो ।

तस्वीरहरूः कविन अधिकारी/अनलाइनखवर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment