Comments Add Comment

जुलेन लोपेट्गो स्पेनको नयाँ प्रशिक्षक नियुक्त

Julen-Lopetegui

६ साउन, काठमाडौं । पोर्टोका पूर्व प्रशिक्षक जुलेन लोपेट्गो स्पेनको नयाँ प्रशिक्षक नियुक्त भएका छन् । बार्सिलोनाका पूर्व गोलकिपर ४९ वर्षे लोपेट्गोले १९९४ मा स्पेनबाट मात्र एक खेल खेलेका छन् ।

तर, स्पेनको यू-१९, यू-२० र २१ को टिम सम्हाले । उनलाई पोर्टोले गत जनवरीमा बर्खास्त गरेको थियो । र, उनी ओल्भस जाने चर्चा थियो ।

तर, स्पेनको प्रशिक्षक नियुक्त भएका छन् र उनले भिन्सेन्ट डेलबोक्सको स्थान लिनेछन् । उनले युरोपछि राजीनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment