Comments Add Comment

अनारको सेवनले आयु बढ्छ

pomegranatesअनार निकै मिठो तथा स्वादिलो फल हो । यसमा विभिन्न खाले पौष्टिक तत्व पाइने हुनाले स्वस्थ रहनका लागि अनारको सेवन निकै लाभदायी हुन्छ भन्ने कुरा बुझिएकै हो । तर पछिल्लो एक अध्ययनले अनारको सेवनले मानिसको आयुमा समेत वृद्धि गर्ने देखाएको छ ।

स्विजरल्याण्डका शोधकर्ताहरु अनुसार अनारको नियमित सेवनले मानिसमा बुढ्यौली प्रतिरोधी मांशपेशीहरुलाई ससक्त बनाउँदछ जसले गर्दा मानिसमा बुढ्यौलीको लक्षण कम हुने र आयुमा समेत वृद्धि हुन्छ ।

अनारमा पाइने इलागिटानिन्स नामक यौगिक मानिसको आयु वृद्धिसँग सम्बन्धित रहेको शोधकर्ता बताउँदछन् ।

हाम्रो पेटमा हुने ब्याक्टेरियाले यो यौगिकलाई युरोलिथिन ए नामक यौगिकमा बदलिदिन्छ । यो रसायनले कोशमा रहेका माइटोकोन्डि्रयामा उर्जा भर्दछ । माइटोकोन्डि्रयाले कोशमा शक्ति प्रवाह गर्दछ ।

प्रयोगशालामा मुसामा गरिएको अध्ययनले अन्य मुसा भन्दा युरोलिथिन ए नामक यौगिक खुवाइएका मुसाहरु लामो समयसम्म बाँचेको पाइयो ।

स्मरण रहोस् सन् २००६ मा अमेरिकामा गरिएको एक अध्ययनले दिनहुँ अनारको सेवनले प्रोस्टेट क्यान्सरको खतरा कम गर्ने तथ्य प्रमाणित गरेको थियो ।

अनारको नियमित सेवनले रगतमा कोलेस्ट्रोलको मात्रा घटाउनुका साथै रक्तधमनीहरु साँघुरिने समस्या पनि क मगर्दछ ।

त्यस्तै सन् २००५ मा अमेरिकन जर्नल अफ कार्डियोलोजीमा प्रकाशित भएको एक अनुसन्धान प्रतिवेदनमा नियमित रुपमा अनारको जुसको सेवनले मुटुरोगीहरुमा हृदयाघातको खतरा क मगर्ने र रक्तप्रवाहलाई सन्तुलित बनाउने उल्लेख गरिएको थियो ।

साथै अनारको नियमित सेवनले मानिसमा यौन क्षमतामा वृद्धि हुने, स्मरण शक्ति बढाउने, हड्डी मजबुत बनाउने तथा सरीरको दुखाई कम गर्ने  बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment