Comments Add Comment

कंगनाका पूर्व प्रेमी भन्छन्-‘उनी मती भ्रष्ट महिला’

kangana and adhyan suman
बलिउडमा चर्चामा रहेकी नायिका कंगना रनौतका पूर्वप्रेमी अध्ययन सुमनले कंगनाको संगतले आफूलाइ कमजोर बनाएको बताएका छन् । सम्बन्ध टुटेपछि निकै डराएको समेत उनले उल्लेख गरेका छन् ।

जब ऋतिक- कंगना विवाद छरपष्ट भयो, कंगनावाट पिडित अध्ययन सुमनले पनि आफ्नो कुरा राखे । अध्ययनले कंगनाले आफूलाई गाली गर्ने र पिट्ने समेत गरेको सार्वजनिक गरेका थिए ।

छ वर्षसम्म रिलेशनमा रहेका अध्ययन कंगनासँग सम्बन्ध टुटेपछि पनि केहि समय डराएर बसे । केही हुने पो हो कि भन्ने डरले उनलाई सधै सताएको थियो । ‘कंगनाले केहि गर्ने पो हो कि भन्ने मलाइ डर लागिरहन्थ्योँ’ उनले भने ।

कंगनाले कतिपय प्रसंगमा महिला अधिकारको पक्षमा कुरा गरेको प्रति कटाक्ष गर्दै अध्ययन भन्छन्-‘महिला अधिकारको कुरा गर्नेले पुरुषलाई अत्याचार गर्न हुँदैन भन्ने पनि महसुस गर्नुपर्छ ।’

कंगनालाई मतीभ्रष्ट महिला भन्ने अध्ययनले प्रीयंका चोपडा, अनुश्का शर्मा र सानिया मिर्जासँग धेरै कुरा सिक्न पूर्व प्रेमिकालाई भनेका छन् । हिन्दी चलचित्र ‘इश्क क्लिक’मा फोटोग्राफरको भुमिका निर्वाह गरेका अध्ययन करिअरलाई नयाँ ढंगले अगाडि बढाउने सोचमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment