Comments Add Comment

अल्भारो मोराटालाई रियलमा स्वागत, चेल्सी जाने संभावना भने कायमै

Alvaro-Morata

काठमाडौं । युभेन्टसबाट रियल मड्रिड फर्किएका स्पेनिस युवा स्ट्राइकर अल्भारो मोराटाले बिहीबारदेखि जिनेदिन जिदानेसँग प्रशिक्षण सुरु गरेका छन् । साथै मड्रिड फर्किएका स्ट्राइकर मोराटालाई रियलका प्रशिक्षक फ्लोरेन्टिनो पेरेजले स्वागत समेत गरेका छन् ।

अध्यक्ष पेरेजले प्रशिक्षणपछि क्लवका सबै खेलाडीलाई ड्रेसिङ रुममा जाने बाटोमा बधाइ दिए । साथै उनले २३ बर्षीय स्ट्राइकर मोराटासँग ठट्टा गर्दै उनी र लुकास भाज्क्वेजसँग अंकमाल गर्दै मडि्रडमा स्वागत गरे ।

क्लवका अध्यक्षको यस्तो स्नेहपूर्ण व्यबहारले मोराटाले स्पेनिस राजधानीमा अपनत्व महशुस गरेका छन्, जो चेल्सीको ७५ मिलियन पाउण्डको प्रस्ताव लत्याउँदै मड्रिडमा आवद्ध भएका थिए ।

रियलका प्रशिक्षक जिदानेले मोराटा चेल्सी जानसक्ने संभावना भने नकारेका छैनन् । तर उनले गत बुधबार मोराटालाई होटलमा भेटेर टोलीमा मोराटाको उपस्थितिले आफु खुसी भएको बताएका थिए ।

मोराटा, रियलको प्रशिक्षक केन्द्र मोन्टेरियलमा पछिल्लो समय सहभागी हुने तीन खेलाडीमध्ये एक हुन् । यसअघि रियलले भेज्क्वेज र सर्जियो डियाजलार्इ अनुबन्ध गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment