Comments Add Comment

सेञ्चुरी बैंकको ३० प्रतिशत हकप्रद सेयर निष्काशन हुने

७ साउन, काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको पाँचौं साधारणसभाले पारित गरेको ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने विवरणलाई धितोपत्र बोर्डले स्वीकृति प्रदान गरेको छ । बैंकले जारी गर्ने हकप्रद शेयरको निष्काशन तथा विक्री प्रबन्धकको रुपमा सिभिल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ ।
Centure-Bank-New-logo
आ.व. २०७२/७३ को चैत्र मसान्त सम्म बैंकले कुल निक्षेप २६.०१ अर्व रुपैयाँ र कर्जा रकम २२.८३ अर्व रुपैयाँ परिचालन गरी ३४.५० करोड सञ्चालन मुनाफा २३.२४ करोड रुपैयाँ खुद मुनाफा कामएको छ ।

२०६७ फाल्गुण २६ गते काठमाण्डौंको पुतलीसडकस्थित प्रधान कार्यालयबाट ३१ औं वाणिज्य बैंकको रुपमा बैंकिङ्ग कारोवार सुरु गरेको यस बैंकले हालसम्ममा ३१ वटा शाखा, २९ वटा एटीएम, ९ वटा शाखारहित बैंकिङ्ग र ३ वटा एक्सटेन्सन् काउन्टरबाट ग्राहकवर्गसमक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment