Comments Add Comment

माओवादीले गम्भीर गल्ती गर्‍यो, छ महिनापछि पछुताउँछः प्रधानमन्त्री ओली

KP-Oli,-PM-of-Nepal

७ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व सत्तासाझेदार माओवादीले गम्भीर गल्ती गरेको भन्दै छ महिनापछि पछुताउने बताएका छन् । साथै उनले कांग्रेस आफ्ना कार्यकर्ता भर्ती गर्न मात्र सरकारमा जान हतारिएको आरोप लगाए ।

आफ्नो सरकारलाई समर्थन फिर्ता लिने माओवादी कदमप्रति संकेत गर्दै प्रधानमन्त्री ओलीले बच्चा जस्तो चकलेट देखाइदिएपछि सब कुरा भुलेको आरोप लगाए ।

पुष्पलाल स्मृति दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘माओवादीले गम्भीर गल्ती गरेको छ । तीन महिनापछि थाहा पाउँछ र ६ महिनापछि बर्बाद नै गरिएछ भनेर पश्चाताप गर्ने दिन आउँछ ।’

उनले अघि भने, कम्युनिष्ट नामको वर्को, हुन त उहिल्यै खुलिइएको थियो, अझै खुइलिँदै जान्छ ।’

उनले कांग्रेस देश बनाउन नभई आफ्ना कार्यकर्ता भर्तीका लागि मात्र सरकारमा जान चाहेको आरोप लगाए ।

‘कम्युनिष्ट सिध्याउने कांग्रेसको प्रपञ्च’

मुलुकको अहिलेको आवश्यकता संविधानले परिकल्पना गरेका संरचनाहरु बनाउने र तीन वटा चुनाव गर्नु भएपनि कांग्रेसको ध्यान त्यसमा नरहेको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘हिजो पनि उफ्री उफ्री भाषण गरे । सरकारमा गएपछि के गर्ने भन्दा अरु कोही रहेछन् भने निकाल्ने र आफ्ना मान्छे भर्ती गर्ने ।’ उनले अघि भने, ‘कति बहादुर पार्टी । यति मज्जाले घोषणा गर्न लाज नमान्ने ।’

कांग्रेसले एउटा कम्युनिष्ट सिध्याउन अर्को कम्युनिष्टलाई प्रयोग गरेको विश्लेषण सुनाए । केही दिनअघि एकजना साथीले सुनाएको भन्दै एमाले अध्यक्ष समेत रहेका ओलीले सुनाए, दुई वटा रुख थियो । एउटा रुखलई काट्दै गरेका बेला अर्को रुप रोइराखेको देखेर सोधेछ, किन रोएको ? उसले भनेछ, रुख काट्नु त स्वाभाविक हो । बन्चरोले काट्नु पनि ठीक है । तर, बिँड त मेरै जातहो परेछ ।’ उनले अघि भने, कम्युनिष्ट सिध्याउनु कम्युनिष्ट प्रयोग गरे ।’

भूकम्पले ध्वस्त पुनसंरचनाबारे (कांग्रेस)ले गफ दिने गरेको भन्दै उनले आफ्नो सरकार हुँदा छ महिना काम नगरेको र अरु तीन महिना कानमा तेल हालेर बसेको बताए । उनले भने, ‘एमालेले २७ हजार २७६ अस्थायी आवास एक महिनामा बनाएको थियो । यो काम अरु पार्टीले जिन्दगी भर गर्न सक्दैनन् ।’

प्रधानमन्त्री ओलीले मधेसी मोर्चाको पनि आलोचना गरे । नाम नलिई उनले भने, ‘एमालेलाई हराउन भोट दिन त मुन्टो धसेर पनि आउँछौं भने । एक मुठो घाँस देखाएपछि त्यसको पछाडि कुद्छन् ।’

कमजोरी स्वीकार

लगातार संसद बैठक बहिस्कार गर्दै आएको मधेसी मोर्चाले सरकारविरुद्ध अविश्वासको प्रस्तावको पक्षमा मत दिने बताएको छ ।

समय घर्काउने र देशलाई अस्थिरता र रिक्तताको अवस्थामा धकेल्ने षड्यन्त्र भइरहेको उनले बताए । प्रधानमन्त्री ओलीले भने, म भन्न चाहन्छु, ति कुराहरु प्रति हामी सजग छौं ।’

पुष्पलालले स्थापना गरेको पार्टीले अझै बहुमतको सरकार बनाउन र चलाउन नपाएको ओलीले बताए । यसमा अरुलाई दोष दिन नहुने भन्दै जनतामा जान, जनतालाई भ्रममुक्त पार्न पर्याप्त काम गर्न नसक्नु आफूहरुको कमजोरी भएको बताए ।

उनले भने, ‘बहुमतको सरकार नभए पनि जब-जब एमाले सरकारमा पुग्छ, त्यसले राष्ट्रियता, सार्वभौमसत्ताको सवालमा होस् वा स्वाधिनताको सवालमा होस् । यस पार्टीले आफ्नो पहिचान बनाएको छ र देशलाई माथि उठाउने काम गरेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment