Comments Add Comment

नक्कली लाइसेन्स बोक्ने चालकमाथि कारबाही तीव्र

Nepali-Drivers-Licence-302x177८ साउन, काठमाडौं । केशमहलमा लेन मिचेको कसुरमा कारबाहीमा परेका प्रकाश श्रेष्ठले ट्राफिकलाई दिएको सवारी अनुमतिपत्र लाइसेन्स हेरेर ट्राफिक प्रहरी अक्कनबक्क परे ।

स्मार्ट लाइसेन्समा उल्लिखित अनुहार र श्रेष्ठको अनुहार फरक पाएपछि ट्राफिक प्रहरीले सोधे,’तपाईको नाम के हो?’ श्रेष्ठले आफ्नो नाम प्रकाश बताए ।  लाइसेन्समा भने धनराज शर्मा पौडेल उल्लेख थियो । असार २९ को यो घटनामा महानगरीय ट्राफिक प्रहरी वृत्त दरबारमार्गले श्रेष्ठलाई थप छानबिन गर्नु पर्ने ठहर गर्दै कार्यालयमा ल्योयो ।

पौडेलको लाइसेन्स कसरी आफूले बोके भन्नेबारे श्रेष्ठ दुविधामा परे । उनले मनिपर्स हेर्दा अर्को लाइसेन्स फेला पारे । दोस्रो लाइसेन्स भने आˆनै थियो । तर कागजबाट बनेको । आजको अन्नपूर्णमा समाचार छ ।

ट्राफिक प्रहरीलार्य झन् शंका लाग्यो ।  श्रेष्ठले ट्राफिकलाई बुझाएको पौडेलको लाइसेन्समा फोन नम्बर उल्लेख थियो । वृत्तका प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुनिलजंग शाहका अनुसार पौडेललाई वृत्तमा झिकाउँदा उनको साथबाट श्रेष्ठको स्मार्ट लाइसेन्स फेला पर्यो । श्रेष्ठसँग दुई फरक नम्बरका लाइसेन्स भेटेपछि यातायात व्यवस्था कार्यालय गएर बुझ्दा सुरुको कागजबाट बनाइएको लाइसेन्स अर्कै व्यक्तिको नाममा थियो ।

उक्त लाइसेन्स ए, बी, एफ र जी ग्रुरुपको थियो भने स्मार्ट लाइसेन्समा ग्रुप ए र बीमात्रै । श्रेष्ठ झुटा साबित भए ।  उनलाई सरकारी छाप दस्तखत किर्तै अभियोगमा प्रहरीले कारबाही थालेको छ ।

दुई वर्षको अवधिमा ट्राफिक प्रहरीले विभिन्न स्थानबाट ३० वटा नक्कली लासेन्स फेला पारेको थियो । यीमध्ये २५ वटा लाइसेन्सका चालकले सुरुमा बनाएका नक्कली लाइसेन्स समातेपछि पुनः दोस्रो पटक लाइसेन्स बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment