Comments Add Comment

बस्तीको चारैतिर पहिरोले घेरेपछि पूरै गाउँ विस्थापित

landslide2

८ साउन, म्याग्दी । पहिरोका कारण म्याग्दीको एउटा पूरै बस्ती विस्थापित भएको छ ।

बस्तीको चारैतिर पहिरोले घेरेपछि भकिम्ली–९ तोराखेतका बासिन्दाले गाउँ छोडेका हुन् । घरखेत पहिरोसँगै बग्न थालेपछि तोराखेतका २५ घरधुरी विस्थापित भएका छन् । अक्करे भिरको पहिरो नियन्त्रणको प्रयास सफल नभएपछि पुस्तौँदेखि बस्दै आएको घर, कजाउँदै आएको खेतबारी छोडेर विस्थापित भएका हुन् ।

बेनी नगरपालिका–४ बगरफाँटमा घडेरी किनेर घर बनाई बसेका डिलबहादुर सापकोटा पहिरोले तोराखेतवासीको उठीबास लगाएको बताउछन् । करिब पाँच हेक्टर क्षेत्रफल जमिन धाँजा फाटेर चिरा चिरा परेको छ । खेतबारी उपभोग गर्न सक्ने अवस्थामा छैन । गाउँ रित्तिएको छ ।

खेतबारी बाँझै छ । ११ वटा घर गोठ भत्किएका छन् । चौध वटा घर बस्ने नमिल्ने गरी चर्किएका छन् । पहिरोका कारण तोराखेतका बासिन्दाले भकिम्ली, बेनी नगरपालिका–३ को भकुण्डेचौर र तमानेमा सरेका छन् ।

तोराखेतमा अधिकांश दलित समुदायको बसोबास थियो । पहाडमाथि रहेको भिरालो जमिनमा बग्ने भूमिगत पानीका कारण तोराखेतमा पहिरो गएको हो । जिल्ला भूसंरक्षण कार्यालय र नेपाल रेडक्रस सोसाइटीलगायतका निकायले पहिरो नियन्त्रणका लागि लाखौँ खर्च गरेर ग्याबियन पर्खाल लगाए पनि सफल हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment