Comments Add Comment

जुफाल विमानस्थल अझै बन्द

Suketar_Airport
८ साउन, डोल्पा (दुनै)  । जुफाल विमानस्थल बन्द भएपछि एक सातादेखि यहाँको हवाईयातायात ठप्प भएको छ ।  निरन्तरको वर्षा कारण नेपालन्जबाट–डोल्पा हवाई सेवा ठप्प भएको नागरिक उडड्यन प्राधिकरण जुफालले जनाएको छ ।

मौसम खराबीका कारण कतिपय उडान बिचैबाट फर्कनुपर्ने बाध्यता छ । विमानस्थल अवरुद्ध भएपछि पर्यटक, सर्वसाधारण, विद्यार्थी तथा बिरामीको चाप बढेको छ भने आफ्नो गन्तव्यसम्म पुग्न नपाएको उनीहरुको गुनासो छ ।

वर्षा जारी रहेकाले विमानस्थल खुल्ने सम्भावना नदेखिएपछि सर्वसाधारण गन्तव्यसम्म पुग्नको लागि जोखिम मोल्दै भिरको बाटो यात्रा गर्न बाध्य भएका छन् । विमानस्थल सुचारु नभएपछि डोल्पामा दैनिक उपभोग्य सामानको समेत अभाव भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment