Comments Add Comment

कुखुराको गन्धले मलेरियाबाट बचाउने

chicken_prevents_malaria_kassahun_jaletaकुखुराको गन्धले तपाइँ हामीलाई औलोरोगबाट बचाउन सक्छ । इथिओपिया तथा स्विडेनका वैज्ञानिकहरुले गरेको अध्ययन अनुसार मलेरिया फैलाउने लामखुट्टेहरु कुखुरा तथा अन्य चराचुरुंगीहरुबाट टाढा भाग्दछन् ।

पश्चिमी इथियोपियामा गरिएको अध्ययनमा शोधकर्ताहरुले झुलभित्र सुतेको मानिसको नजिकै झुल बाहिर एक पिँजडामा कुखुरा राखिदिए । त्यसरी कुखुरा नजिक राखिदिएपछि झुलको बाहिर लामखुट्टेहरु खासै झुम्मिएनन् जति अघि पछि झुम्मिन्थे ।

यसबाट वैज्ञानिकहरुले के निष्कर्ष निकाले भने कुखुराको जिउबाट निस्कने गन्ध लामखुट्टेलाई मन पर्दैन र सोही गन्धका कारण लामखुट्ट कुखुराबाट टाढा भाग्दछ ।

मलेरिया नामक जर्नलमा प्रकाशित शोध अनुसार यो अध्ययनबाट वैज्ञानिकहरु के निष्कर्षमा पुगेका छन् भने लामखुट्टेले गन्धका माध्यमबाट आफ्नो सिकार खोज्दछ । कुखुराको गन्धमा लामखुट्टेलाई मन नपर्ने चिज हुने हुनाले लामखुट्टे कुखुराबाट टाढा भाग्दछ ।

शोधकार्यमा सहभागी अदिसअबाबा विश्वविद्यालयका हाब्ते तेकीले भनेका छन् , कुखुराको गन्धबाट केही रसायन निस्किन्छ जसलाई लामखुट्टे भगाउने क्रिममा प्रयोग गर्न सकिने सम्भावना रहेको छ ।

अब यो तथ्यलाई शोधकर्ताहरुले परीक्षण गर्ने तयारीमा छन् । यो शोधमा स्विडिस युनिभर्सिटी अफ एगि्रकल्चर साइन्सेसका शोधकर्ता पनि सामेल छन् । यो शोधमा कुखुराको प्वाँखबाट निकालिएको रसायन तथा जिउँदो कुखुराको समेत प्रयोग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment